हेटौंडा राजधानी हुनुपर्छ तर, एयरपोर्ट चाहियोः सांसद श्रेष्ठ

तु खबर संवाददाता
२०७६ पुष २३, बुधबार १५:५९

हेटौंडा, २३ पुस । प्रदेशसभा सदस्य विद्या श्रेष्ठले राजधानी हेटौंडा नै हुनुपर्ने बताएकी छिन् ।

उनले हेटौंडा राजधानी हुँदा कसैलाई असहज नहुने तर्क राखिन् उनले सुरुङ मार्गको डीपीआरको काम भइरहेको भन्दै फष्ट ट्रयाक बनेपछि हेटौंडा नजिक हुने जिकिर गरिन् ।

उनले पहिला पनि १९ वटा जिल्लाको सदरमुकाम भएको हेटौंडामा राजधानी उपयुक्त हुने बताइन् । वातावरण, व्यापारिक केन्द्र भएकोले हेटौंडालाई राजधानी बनाउनु पर्ने उनले बताइन् ।

हेटौंडामा एयरपोर्ट आवश्यक रहेको उनले बताइन् । हेटौंडा सबैकुराले उपयुक्त भए पनि एयरपोर्ट नहँुदा समस्या हुने बताइन् ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*