हेटौंडा राजधानी हुँदैन भन्दै फेरि बट्टारिए कांग्रेस सांसद वैद्य

तु खबर संवाददाता
२०७६ पुष २३, बुधबार १५:४८

हेटौंडा, २३ पुस । उपत्यकाबाट निर्वाचित कांग्रेस सांसद नरोत्तम वैद्यले हेटौंडा राजधानी हुँदै नहुने भन्दै आज पनि संसदमा आफ्नो धारणा राखेका छन् ।

सोमबारको बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदनमाथि सभामा छलफल गर्दै उनले हेटौंडामा कांग्रेसको समर्थन नहुने भन्दै सार्वजनिक रुपमा बोलेपछि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले ‘हप्काए’का थिए ।

बानियाँले अस्थायी राजधानी हेटौंडा कांग्रेस सरकारकै निर्णय भएकोले कांग्रेस सांसदहरुले राजधानी हेटौंडामा समर्थन गर्नुपर्ने भन्दै वैद्यलाई सुझाएका थिए ।

बानियाँले सुम्झए पनि वैद्य आजको बैठकमा फेरि बट्टारिएका छन् । उनले दलकै नेताको निर्देशन अटेर सुरु देखि नै गरिरहेका छन् । उनले राजधानी काभ्रे राजधानी उपयुक्त भएकोब बताए । कांग्रेसले हेटौंडाको पक्षमा समर्थन नगर्ने बताए ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*