प्रदेशसभा बैठक सुरु, राजधानी सम्भाव्यता अध्ययन प्रतिवेदन पेश हुँदै

तु खबर संवाददाता
२०७६ पुष २३, बुधबार १५:०६

हेटौंडा, २३ पुस । प्रदेश ३ को प्रदेशसभा बैठक सुरु भएको छ । पाँचौ हिउँदे अधिवेशनको दोस्रो बैठक दिउँसो ३ बजेदेखि सुरु भएको हो ।

प्रदेश ३ को राजधानी र नामाकरणको मुख्य एजेण्डासहित सोमबारदेखि प्रदेशसभा बैठक सुरु भएको थियो । सोमबारको बैठकले प्रदेश नामाकारण सम्बन्धी कार्यविधि पास गरेको थियो ।

प्रदेशसभाको दुई तिहाइ बहुमतबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउनुपर्ने संवैधानिक व्यवस्था छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले ३ वटा कार्यसूची तयार गरेको छ ।

कार्यसूचि अनुसार मुख्यमन्त्रीको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले प्रदेश लोकसेवा आयोग ऐन, २०७६ लाई संशोधन गर्ने बनेको अध्यादेश, २०७६ संसदमा पेश गर्ने कर्यक्रम छ ।

सभामुखले विषयगत समितिका सदस्यहरुको हेरफेर तथा थपघटलाई सभाको सहमतिको लागि पेश गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिव रामशरण घिमिरेले जानकारी दिए ।

आजको संसद बैठकमा दीपक निरौलाले प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदनमाथि सभामा छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ ।

निरौलाको संयोजकत्वमा यसअघि बनेको राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले ५ स्थानको नाम राजधानीको लागि सिफारिस गरेको थियो ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*