राजनीति/ समाज

असन्तुष्ट मिलाउँदै सभापति देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि असन्तुष्ट समूहका नेता मिलाउन सक्रियता बढाएका छन् । देउवाले गत केन्द्रीय समिति बैठकबाट सुरु भएको आन्तरिक विवाद मिलानका लागि आफू इतरका नेतासँग संवाद थालेका हुन् । बुधबार बूढानीलकण्ठस्थित आफ्नो निवासमा असन्तुष्ट पक्षीय नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायतसँग सभापति...

राष्ट्रिय सभा निर्वाचन : आज मतदान हुँदै

मकवानपुर । राष्ट्रिय सभाको निर्वाचनअन्तर्गत बिहीबार (आज) मतदान हुँदैछ । १८ सदस्यका लागि आज हुने मतदान बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । सातवटै प्रदेशबाट गरी १८ जना राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुने छन्। निर्वाचनमा ५ सय ५० प्रदेशसभा सदस्य र १ हजार ५ सय ६ स्थानीय...

नेकपाका १० प्रदेश सांसदलाई ‘तलमाथि’ गर्ने इन्द्र बानियाँको योजना

हेटौंडा, ८ माघ । बागमती प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बहादुर बानियाँले नेकपाका १० प्रदेश सांसदलाई तलमाथि गरेर निर्वाचनमा जित निकाल्न सकिने सनसनी पूर्ण भाषण दिएका छन् । आज बुधवार काठमाडौंमा भएको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले भोली हुने राष्ट्रिय सभाको चुनावको अवसरमा...

नेता बानियाँद्वारा दुःख व्यक्त

हेटौंडा, ८ माघ । बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता ईन्द्रबहादुर बानियाँले धादिङ ट्रक दुर्घटनामा मृत्यु भएकोप्रति दुःख व्यक्त गरेका छन् । नेता बानियाँले बुधबार विज्ञप्ति जारी गर्दै धादिङको निलकण्ठ नगरपालिका–८ मा मंगलबार भएको दुर्घटनामा परी ७ जनाको मृत्यु र ३० बढि घाइते भएको घटनाप्रति दुःख व्यक्त...

देउवाले शीर्ष नेतालाई छलफलको लागि बोलायो

काठमाडौँ, ८ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएको छ । सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्ष नेतालाई छलफलका लागि बेलाएका हुन् । सापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा दिउँसो ३ बजेको लागि बोलाको बैठकमा पार्टी विवाद र समसामयिक राजनीतिका विषयमा छलफल हुने...

प्रतिनिधिसभा सभामुख : नेकपाबाट मात्रै उम्मेदवारी दर्ता

काठमाडौं, ७ माघ । यही माघ १२ गते हुने प्रतिनिधिसभाको सभामुखका लागि नेकपाबाट मात्रै उम्मेदवारी दर्ता गराएका छन् । गत असोज महिनादेखि रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पदको लागि यही माघ १२ गते चुनाब हुँदैछ । चुनाबको लागि नेकपाबाट सांसद अग्निप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । पूर्वसभामुख एवम् नेकपाका...

सभामुख चयनका लागि आज मनोनयन दर्ता हुने

प्रतिनिधिसभाको नयाँ सभामुख चयनका लागि आज मनोनयन दर्ता हुँदैछ । सभामुख चयनको लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सोमबार बैठकको अध्यक्षता गर्दै सभामुखको चुनाव १२ गते गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिए ।...

उपसभामुखले दिइन् पदबाट राजीनामा

काठमाडौं, ६ माघ । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा दिएकी छन् । उपसभामुख तुम्बाहाङफेले सोमबार संसद सचिवालयमा राजीनामा पत्र दर्ता गराएकी हुन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट संसद बैठक राखेर राजीनामा दिने घोषणा गरेकी हुन् ।

काँग्रेस राक्सिराङ गापाको सभापतिमा जिम्बा, सहसभापतिमा प्रजा

हेटौंडा, ६ माघ । नेपाली काँग्रेस राक्सिराङ गाउँपालिकाको सभापतिमा बिरेन्द्र जिम्बा र सहसभापतिमा जितन प्रजा चयन भएका छन् । मकवानपुरको संघिय क्षेत्र नम्बर २ को प्रदेश ख अन्र्तगत रहेको राक्सिराङ गाउँपालिकाको कांग्रेस सभापतिमा जिम्बा र सहसभापतिमा जितनलाई चयन गरेको केन्द्रीय प्रतिनिधि एवं निर्वाचन अधिकृत कृष्णप्रसाद न्यौपानेले जानकारी दिए ।...

टुडिखेल प्राकृतिक र साँस्कृतिक दृष्टिकोणबाट महत्वपूर्ण छ : राष्ट्रियसभा सदस्य विडारी

हेटौंडा, ५ माघ । राष्ट्रियसभा सदस्य रामनारायण विडारीले प्राकृतिक र साँस्कृतिक दृष्टिकोणबाट टुडिखेल विशेष प्रकारको महत्वपूर्र्ण भएको बताएका छन् । आईतबार बसेको राष्ट्रियसभाको बैठकमा सदस्य विडारीले मुलुकको पहिचान कि प्राकृतिक, कि  साँस्कृतिक हो भन्दै टुडिखेल विशेष प्रकारको महत्वपूर्ण भएको बताएका हुन् । उनले टुडिखेल दक्षिण एसियाकै दोस्रो, राम्रो, ठूलो...