हेटौंडाका प्रभात दाहाल नेवि संघको महामन्त्रीमा नियुक्त
हेटौंडा, १९ माघ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ)को महामन्त्रीमा युवा नेता प्रभात कुमार दाहाल नियुक्त भएका छन् ।
नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार युवा नेता दाहाललाई महामन्त्रीमा नियुक्त गरिएको हो ।
लामो समयदेखि राजनीतिमा सक्रिय दाहाल कांग्रेस महासमिति सदस्य र जिल्ला कार्य समितिको सल्लाहकार हुन् ।
दाहाल कांग्रेस मकवानपुरको सभापतिमा बानियाँसँग चुनाव लडेका थिए । उनी निर्माण व्यवसायी संघ, खेलकुद विकास समितिका पूर्व अध्यक्ष रहेका जिल्लाको विभिन्न संघसंस्थामा आवद्ध रहेका छन् ।
