राजनीति/ समाज
अग्नि सापकोटालाई सभामुख बनाउन अध्यक्षद्वयको सहमति
काठमाडौं, ५ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सभामुखको विषयमा सहमति जुटेको छ । अध्यक्षद्वय ओली र प्रचण्डबीच स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख बनाउन सहमति जुटेको हो । आईतबार बिहान बसेको बैठकले सापकोटार्ला सभामुख बनाउने सहमती जुटेको प्रचण्डनिकट एक स्थायी...
भागबन्डाले निस्केन निकास
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवाद विवाद हल गर्न प्रयास गरे पनि भागबन्डाकै विषयले अल्झाएको छ । उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलाबीच सहमतिका लागि प्रयास भइरहे पनि वरिष्ठ नेता रामचन्द्र पौडेल भारत भ्रमणमा भएकाले ठोस समझदारी जुट्न नसकेको पार्टीका एक नेताले बताए । केन्द्रीय कार्यसमितिले पुस ११...
नेकपा हेटौंडा ४ नम्बर वडामा कार्य क्षेत्र बाँडफाँड
हेटौंडा, ४ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हेटौंडा–४ नम्बर वडा सदस्यहरुको कार्य क्षेत्र तोकेको छ । नेकपा वडा पार्टी कमिटीको बैठकले १० वटा टोल तथा विभिन्न विभागहरुको इन्चार्ज र सहइन्चार्ज तोकेको हो । बैठकमा जिल्ला कार्यलय सदस्य तथा नगर इन्चार्ज श्रीधर पोखरेल, जिल्ला सचिवालय सदस्य तथा प्रचार तथा...
न्यायिक समितिमा रहेर काम गर्न कानूनमन्त्री जम्मकट्टेलको निर्देशन
हेटौंडा, ४ माघ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले न्यायिक समितिमा रहेर काम गर्नका लागि उपप्रमुखहरुलाई निर्देशन दिएका छन् । कानूनमन्त्री जम्मकट्टेलले शनिबार हेटौंडामा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा योजना तर्जुमा, राजश्व अनुगमन तथा न्यायिक विषयक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै न्यायिक समितिमा रहेर काम गर्न उपप्रमुखहरुलाई...
काँग्रेस निकट आदिवासी जनजाती संघ हेटौंडाको अध्यक्षमा लामा
हेटौंडा, ४ माघ । नेपाली काँग्रेस निकट नेपाल आदिवासी जनजाती संघ हेटौंडा उपमहानगर समितिको अध्यक्षमा हर्करत्न लामा चयन भएका छन् । नेपाली काँग्रेस मकवानपुरको पार्टी कार्यालयमा शनिबार भएको भेलाले लामाको अध्यक्षतामा २५ सदस्यीय नगर समिति चयन गरेको हो । भेलाले समितिको उपाध्यक्षमा सुश्मा श्रेष्ठ, सचिव शर्मिला मुक्तान, सह–सचिव बुद्धिलाल...
बासुदेव सभागृह र स्व. राजा वीरेन्द्रको शालिक भत्काउन नदिने कमल थापाको उद्घोष
हेटौंडा, ४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हेटौंडा उपमहानगरपालिका वडा नं. ४ हुप्रचौरस्थित रहेको बासुदेव सभागृह र स्व. राजा वीरेन्द्रका शालिक भत्काउन नदिने बताएका छन् । अध्यक्ष थापाले राप्रपा निकट ट्रेड युनियन महासंघ नेपालद्वारा शनिबार हेटौंडामा आयोजित बागमती प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै सभागृह...
यस कारण आउँदै छन् कमल थापा हेटौंडा
हेटौंडा, ४ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा आज हेटौंडा आउँदै छन् । अध्यक्ष थापा ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को बागमती प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज हेटौंडा आउने भएका हुन् । ट्रेड युनियनको भेला आज दिउँसो हेटौंडाको प्रकाशमा हुने भएको...
गुमनाम प्रतिपक्ष कांग्रेस, छाया सरकार नै छायामा
वाइडबडी खरिद प्रकरण : ४ अर्ब ३५ करोड अनियमितताको विरोध विज्ञप्तिमा मात्रै वाइडबडी जहाज खरिदमा अनियमितताको विषयले गत वर्ष राष्ट्रिय राजनीतिमा ठूलै हलचल ल्यायो । संसद्को सार्वजनिक लेखा समितिले विमान खरिदमा चार अर्ब ३५ करोड राज्यलाई घाटा भएको निष्कर्षसहितको प्रतिवेदन तयार गरेपछि सरकारको थप आलोचना भयो । तर, सरकारले त्यसलाई बेवास्ता...
संविधानले दिएको अधिकार पालना गर्न नसक्ने अवस्थामा प्रदेश सरकार : मुख्यमन्त्री पौडेल
हेटौंडा, ३ माघ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संविधानले दिएको अधिकारलाई नै पालना गर्न नसक्ने अवस्थामा प्रदेश सरकार पुगेको बताएका छन् । शुक्रबारबाट हेटौंडामा सुरु भएको ‘विकास र समृद्धिमा अन्तरतह समन्वय’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पौडेलले सो कुरा बताउँदै संघीयता नै धरापमा परेको बताए । उनले कामको वर्गीकरण...
रसुवाका सांसद प्रेम तामाङले भने– रगतको आहालमा पौडी खेल्नेहरु कुर्सीमा पुगे (हेर्नुहोस भिडियो)
हेटौंडा, २९ पुस । तत्कालिन प्रदेश ३ सभामा प्रदेशको नाम नेवाः ताम्सालिङ प्रस्ताव गर्न समर्थक नपाएपछि आक्रोश पोखेका छन् । उनले प्रदेशको नाम नेवाः ताम्सालिङ प्रस्ताव गर्न फारम भरिसकेको थिए । तर, प्रस्तावको समर्थक नै नपाएपछि प्रदेशसभामा जारी बैठकमा नेवाः ताम्सालिङ प्रस्ताव दर्ता गर्न सकेनन् । उनले पहिचानको मुद्दा...










