भारतलाई राजनीतिक नक्सा सच्याउन पत्रचार गरिसकेको प्रधानमन्त्रीको दाबी
काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै भारतले जारी गरेको राजनीतिक नक्सा सच्याउन पत्रचार गरिसकेको दाबी गरेका छन् ।
प्रधानमन्त्री ओलीले बुधबारबाट राष्ट्रिय सभागृहमा सुरु भएको नेकपाको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै सो कुराको दाबी गरेका हुन् ।
सो क्रममा उनले भने, ‘नयाँ राजनीतिक नक्सा तुरुन्त सच्याउन पत्रचार गरेको छ। लिम्पियाधुरा हाम्रो हो भनेर पत्रचार गरेको हाम्रै सरकारले हो। लिपुलेक, कालापानी तथ्यप्रमाणका आधारमा हाम्रो नै देखाउँछ।’
प्रधानमन्त्री ओलीले सीमा समस्या समाधानका लागि सरकार अहिले लागि परेको बताए ।
