राजनीति/ समाज
प्रदेश प्रमुखबाट प्रमाणिकरण, आजै राजपत्रमा प्रकाशित
हेटौंडा, २७ पुस । आइतबार प्रदेशसभामा राजधानी र नामकरणका लागि भएको मत परिणाम सँगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम बागमती घोषणा गरे लगत्तै प्रदेश प्रमुखबाट प्रमाणिकरण र राजपत्रमा प्रकाशित गरिएको छ । प्रदेशसभाले पेश गरेको राजधानी हेटौंडा र नाम बागमतीमा प्रदेश प्रमुख विष्णु प्रसाईंले प्रमाणिकरण...
प्रदेशको राजधानी र नाम टुंगिएपछि मन्त्रिपरिषद् बैठकले गर्यो ७ निर्णय
हेटौंडा, २७ पुस । प्रदेश नम्बर ३ (बागमती) प्रदेशको मन्त्रिपरिषद्को बैठक आइतबार बसेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले ७ वटा निर्णय गरेको छ । बैठकले अन्तर प्रदेश बासिन्दाको सामान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने, आर्थिक बर्ष...
हेटौंडा आउन २ वर्षभित्र सुरुङमार्ग तयार भइसक्छः मुख्यमन्त्री पौडेल (हेर्नुहोस् भिडियो)
हेटौंडा, २७ पुस । प्रदेशसभा बैठकमा हेटौंडालाई राजधानी बनाउने सन्दर्भमा कतिपय सांसदहरुले हेटौंडा आउन राम्रो सडक नभएको भन्दै गुनासो गर्नु उचित नभएको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन् । आज आइतबार प्रदेशसभा बैठकमा राजधानी हेटौंडा प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै पौडेलले हेटौंडा आवागमनको दुःख, कठिनाई छ भन्नु कति...
पृथ्वी जयन्तीको अवसरमा राप्रपा मकवानपुरद्वारा चियापान
मकवानपुर, २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले २९८ औं एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा आईतबार हेटौंडामा चियापान कार्यक्रमको आयोजना गरेको छ । राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारीको सभाध्यक्षतामा चियापान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा प्रदेश सांसद रीता माझी, प्रदेश सदस्य रामहरी न्यौपाने, जिल्ला समन्वय समिति,...
सभामुखको उम्मेदवार बनाउनुपर्ने अडान दोहोर्याउँदै तुम्बाहाम्फेले दोस्रो पटक पनि राजिनामा अस्वीकार गरिन्
काठमाडौं, २७ पुस । उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक गरेको राजिनामाको आग्रहलाई पनि अस्वीकार गरेकी छन् । सचिवालय बैठकको निर्णयसमेत नमानेपछि दुवै अध्यक्षले उनलाई आर्इतबार बिहान बालुवाटारमै बोलाएर छलफल गरेका थिए । तुम्बाहाम्फेले सभामुखमा आफूलाई उम्मेदवार बनाउनुपर्ने अडान दोहोर्याउँदै प्रधानमन्त्री...
एतिहासिक निर्णय गर्दै प्रदेशसभा बैठक स्थगित
हेटौंडा, २७ पुस । प्रदेश ३ को प्रदेशसभा बैठकले ऐतिहासिक निर्णय गरेको छ । दुई वर्षदेखि अन्यौलमा रहेको स्थायी राजधानी र नामकरण आज आइतबार बसेको प्रदेशसभाको बैठकले टुंगो लगाउँदै बैठक स्थगित भएको छ । संवैधानिक व्यवस्था अनुसार प्रदेशको राजधानी र नाम सम्बन्धित प्रदेशसभाले निर्णय गर्ने अधिकार छ । प्रदेश...
यदी थापा,पौडेल र बानियाँ मकवानपुरे हुँदैन थिए भने…
प्रदेश ३ को राजधानी हेटौंडा बनाउने सवालमा तत्कालीन उपप्रधानमन्त्री कमल थापाको योगदान कहिल्यै भुल्न सकिँदैन । प्रदेशको राजधानी तोक्ने निर्णयका लागि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग थापाले हेटौंडालाई राजधानी बनाउन कडा अडान लिएका थिए । उनले कुनैपनि हालतमा हेटौंडा राजधानी नभए आफु विपक्षमा उभिने चेतावनी दिएपछि हेटौंडालाई तत्कालीन सरकारले प्रदेश...
सर्वसम्मतले ३ नं. प्रदेशको नाम बागमती घोषित
हेटौंडा, २७ पुस । प्रदेश ३ को नाम बागमती सर्वसम्मतले घोषित भएको छ । सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभामा प्रदेश ३ को नाम बागमती राख्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत परिणाम सार्वजनिक गरेका थिए । सार्वजनिक गरिएको मतपरिणाम अनुसार १ सय ८ मतले प्रदेशको नाम बागमती घोषित भएको छ...
प्रदेशको नाम बाग्मतीको लागि मतदान सुरु
हेटौंडा, २७ पुस । प्रदेश ३ को नाम बाग्मतीको लागि आज बसेको प्रदेशसभा बैठकको दोस्रो चरणमा मतदान प्रक्रिया सुरु भएको छ । इन्द्रबहादुर बानियाँले बाग्मतीलाई नाम प्रस्ताव पारित गरियोस भनी सभामा पेश गरेका थिए । सभामा प्रस्तावित बाग्मती नामका लागि सभामुख सानुकुमार श्रेष्ठले निर्णयार्थ पेश गरेसँगै मतदान सुरु भएको...
यसरी बन्यो हेटौंडा स्थायी राजधानी
हेटौंडा, २७ पुस । २०७४ माघ २९ गते प्रदेश सरकार गठनसँगै पेचिलो बनेको विषय हो, स्थायी राजधानी र नामकरण । निकै चासोको विषयका रुपमा लिइएको यो विषयले संसद र सरकार गठन लगतै मूर्तरुप पाउने स्थिति थिएन । संसद र सरकार मात्र नभइ संचारमाध्यम, सामाजिक सञ्जालमा व्यापक चर्चा हुने प्रदेश...










