नेकपाका नेता अग्नि सापकोटाविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता

तु खबर संवाददाता
२०७६ माघ १०, शुक्रबार १४:०२
file-photo

नेपाल कम्युनिष्ट पार्टीका नेता अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्धा दर्ता भएको छ ।

‘कर्तव्य ज्यान’ मुद्दाको अभियोग लागेका नेता सापकोटाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतमा मुद्धा दर्ता गरेका हुन् ।

अधिवक्ता त्रिपाठीले ‘कर्तव्य ज्यान’ मुद्दाको अभियोग लागेका व्यक्तिलाई सभामुखको उम्मेदवारी दिएको भन्दै प्रक्रिया तत्काल स्थगित गर्नका लागि अन्तरिम आदेशको मागसहित अदालतमा मुद्दा दर्ता गरेका हुन् ।

अधिवक्ता त्रिपाठीले सापकोटालदाई तत्काल पक्राउ गर्नुपर्ने जिकिरसमेत गरेका छन् । सापकोटा सभामुखका एक्ला उमेदवार हुन् ।

सापकोटाविरुद्ध काभ्रेको छत्रबाँसका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लागेको थियो । १७ वैशाख २०६२ मा ‘माओवादी कार्यकताको अपहरणमा परेको भनिएका लामाको २ महिनापछि काभ्रेकै बुढाखानीको चारकिल्ला भन्ने ठाउँमा शव फेला परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*