आज प्रतिनिधिसभा सभामुख निर्वाचन हुँदै
प्रतिनिधिसभामा सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । सभामुख चयनको प्रक्रिया अगाडि बढाउन संघीय संसद् भवनमा आज दिउँसो ३ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ ।
सभामुखमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट अग्निप्रसाद सापकोटाको एकल मनोनयन परेको छ ।
दिउँसो हुनेमा बैठकमा सापकोटाका तर्फबाट प्रस्तावक सुवासचन्द्र नेम्वाङले उम्मेदवारको प्रस्ताव पेस गर्नेछन् भने पूर्वसभामुख ओनसरी घर्ती, नेकपाका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ,. र राजपा नेपालका सांसद लक्ष्मणलाल कर्णले समर्थक गर्ने कार्यक्रम रहेको छ ।
