राजनीति/ समाज
१ सय ५ मतले प्रदेशको स्थायी राजधानी हेटौंडा घोषित (भिडियो)
हेटौंडा, २७ पुस । सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभामा हेटौंडालाई राजधानी बनाउने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत परिणाम सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको मतपरिणाम अनुसार १ सय ५ मतले हेटौंडा राजधानी घोषित भएको छ । दुई तिहाईले राजधानी घोषित हुन ७४ मत आवश्यक थियो । त्यो भन्दा ज्यादा...
हेटौंडालाई प्रदेश राजधानी बनाउने प्रस्ताव निर्णयार्थ पेश, मतदान सुरु
मकवानपुर, २७ पुस । हेटौंडालाई प्रदेश नम्बर ३ को राजधानी बनाउने प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभामा पेश भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले यस्तो प्रस्ताव सभामा पेश गरेका हुन् । त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले हेटौंडालाई प्रदेश राजधानी बनाइयोस् भन्ने प्रस्तावलाई निर्णयार्थ पेश गरेका छन् । सभामुखले मत विभाजनको...
१ सय १ मतसहित धुलिखेल राजधानीका लागि अस्वीकृत
हेटौंडा, २७ पुस । सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभामा धुलिखेललाई राजधानी बनाउने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत परिणाम सार्वजनिक गरिएको छ । सांसदहरुलाई आफ्नो मत सच्याउन ३ मिनेटको समय सकिएसँगै धुलिखेलको पक्ष र विपक्षमा सांसदहरुले दिएको मत परिणाम सभामुख श्रेष्ठले सार्वजनिक गरेका हुन् । धुलिखेलको विपक्षमा १ सय १...
धुलिखेलको पक्षमा ३ मत मात्र
हेटौंडा, २७ पुस । सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभामा धुलिखेललाई राजधानी बनाउने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मतदान परिणाम सार्वजनिक गरिएको छ । सांसदहरुलाई आफ्नो मत सच्याउन ३ मिनेटको समय सकिएसँगै धुलिखेलको पक्ष र विपक्षमा सांसदहरुले दिएको मत परिणाम सभामुख श्रेष्ठले सार्वजनिक गरेका हुन् । विवेकशील नेपाली दलका सांसद रमेश...
मत सच्याउन सांसदलाई ३ मिनेट समय
हेटौंडा, २७ पुस । प्रदेशसभामा जारी प्रदेशको राजधानी टुंग्याउन गरिएको मतदान प्रक्रियामा सांसदलाई आफ्नो मत सच्याउन ३ मिनेटको समय दिइएको छ । सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभामा धुलिखेललाई राजधानी बनाउने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत सच्याउन उनले सांसदलाई ३ मिनेटको समय दिएका हुन् । सो समय भित्र पक्ष र...
धुलिखेलको विपक्षमा मुख्यमन्त्री र कांग्रेस संसदीय दलका नेता बानियाँ
हेटौंडा, २७ पुस । सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभामा धुलिखेललाई राजधानी बनाउने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत विभाजनमा मुख्यमन्त्री डोरमणि पौडेल र कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ विपक्षमा उभिएका छन् । प्रदेशसभा जारी मतदानका क्रममा पौडेल र बानियाँ धुलिखेलको विपक्षमा उभिएका हुन् । यो पनि हेर्नुहोस् । हेटौंडालाई...
धुलिखेल राजधानी तोकियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत, पक्ष र विपक्षमा मतदान सुरु
मकवानपुर, २७ पुस । काभ्रेको धुलीखेल राजधानी तोकियोस् भन्ने प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गरेका छन् । अब यसमा प्रदेशसभा सदस्यहरुलदे हस्ताक्षर गरी मत जाहेर गर्नुपर्नेछ । यसअघि विवेकशील नेपाली दलका रमेश पौड्याललाई प्रस्ताव फिर्ता लिन सभामुखले समय दिएका थिए । उनले प्रस्ताव फिर्ता नलिएपछि मत विभाजन हुन लागेको हो...
सांसद पौड्यालले फिर्ता लिएनन् धुलिखेललाई राजधानी बनाउने प्रस्ताव
हेटौंडा, २६ पुस । प्रदेश ३ प्रदेशसभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले काभ्रेको धुलिखेल बनाउने प्रस्ताव फिर्ता लिने समय दिएका थिए । तर, उनले सो प्रस्ताव फिर्ता लिन मानेन् । उनले धुलिखेल राजधानी बनाउने प्रस्ताव फिर्ता लिन नमानेपछि सभामुख श्रेष्ठले मतदानको घोषणा गरेका छन् । अब काभ्रेको धुलिखेल राजधानी हुने...
हेटौंडाका दाजुभाईले फोनमा कुरा मिलाएर सदनमा छाप लगाउन खोजेः सांसद पौड्याल
हेटौंडा, २६ पुस । प्रदेश ३ प्रदेशसभा बैठकमा बोल्दै उपत्यकाका सांसद रमेश पौड्यालले हेटौंडाका दाजुभाई मिलेर सदनमा छाप लगाएर निर्णय गराउन खोजेको आरोप लगाएका छन् । विवेकशील नेपाली दलका सांसद पौड्यालले सत्तापक्ष र विपक्षका नेताहरु दाजुभाई जस्तै मिलेको भन्दै भने– हेटौंडाको खेतको पाटामा ओल्लो छेउमा दाईको घर पल्लो छेउमा...
राजधानी र नाम टुंगाउन आज मतदानः हेटौंडाको पक्षमा १०५ मत, धुलिखेलको पक्षमा ३ मत खस्ने अनुमान
हेटौंडा, २६ पुस । प्रदेश सरकार गठन भएको दुईवर्षपछि प्रदेश ३ ले स्थायी राजधानी र नाम आज पाउँदै छ । प्रदेशसभाको पाँचौ हिउँदे अधिवेशनले स्थायी राजधानी र नामको टुंगो लगाउन लागेको हो । शनिवारको प्रदेशसभा बैठकमा राजधानी र नामको प्रस्ताव पारित गर्ने कार्यसूचि छ । प्रदेशसभा सदस्यहरुले प्रस्तावित राजधानी...







