असन्तुष्ट मिलाउँदै सभापति देउवा
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि असन्तुष्ट समूहका नेता मिलाउन सक्रियता बढाएका छन् ।
देउवाले गत केन्द्रीय समिति बैठकबाट सुरु भएको आन्तरिक विवाद मिलानका लागि आफू इतरका नेतासँग संवाद थालेका हुन् ।
बुधबार बूढानीलकण्ठस्थित आफ्नो निवासमा असन्तुष्ट पक्षीय नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायतसँग सभापति देउवाले पार्टीभित्र देखिएका पछिल्ला विवादका विषयमा छलफल गरेका हुन् ।
छलफलका क्रममा असन्तुष्ट समूहले विगतबाट नै राख्दै आएको पुरानै अडान दोहोराएका छन् । उनीहरूले महाधिवेशनको मिति तोक्ने, विधानका धारा निलम्बन गर्नेसहितका केन्द्रीय समितिबाट भएको बहुमतको निर्णयमा पुर्नविचार गर्न सभापति देउवालाई पुनः आग्रह गरेको वरिष्ठ नेता नेता पौडेलले जानकारी दिए । आजको राजधानी दैनिकमा समाचार छ ।
