राजनीति/ समाज

हेटौंडा कपडा उद्योग बारे छिट्टै निकासः उद्योग मन्त्री भट्ट

हेटौंडा, ११ माघ । संघीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगको बारेमा छिट्टै मन्त्रालयले निकास निकाल्ने बताएका छन् । क्षेत्रफलको हिसाबले देशकै ठूलो औद्योगिक क्षेत्र हेटौंडामा रहेको कपडा उद्योग चलाउने वा नचलाउे भन्ने विषयमा मन्त्रालयले तत्काल निर्णय गर्ने मन्त्री भट्टले बताए...

तामाङ संघ मकवानपुरको आयोजनामा चियापान तथा शुभकामना आदानप्रदान

हेटौंडा, ११ माघ । नेपाली काँग्रेसको भातृ संस्था नेपाल तामाङ संघ मकवानपुरले २८५६ औँ सोनाम ल्होसारको अवसर पारेर चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । तामाङ संघ मकवानपुरका अध्यक्ष चम्फुरत्न लामाको सभाध्यक्षता एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा शनिबार चियापान तथा शुभकामना आदानप्रदान...

मुख्यमन्त्री पौडेलद्वारा ल्होसारको शुभकामना व्यक्त

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तामाङ समुदायको २८५६ औँ सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री पौडेलले शनिबार एक शुभकामना सन्देश जारी गर्दै तामाङ भाषामा ल्होसारको शुभकामना दिएका हुन् । सन्देशमा मुख्यमन्त्री पौडेलले यस पर्वले नेपाली नेपालीबीच भाइचाराको विकास गर्न सकोस् भन्ने कामनासमेत गरेका छन्...

बागमती प्रदेशमा मन्त्रीपरिषद् विस्तारको तयारीः फुँयाललाई भौतिक, ३ सांसद राज्यमन्त्री

हेटौंडा, ११ माघ । बागमती प्रदेशको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र मन्त्रीपरिषद् विस्तारको लागि आन्तरिक छलफल सुरु भएको छ । बागमती प्रदेशको स्थायी राजधानी र नामकरणको विषय प्रदेशसभाले पुसअन्तिम साता टुंगाएसँगै बागमती प्रदेश सरकार मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेको हो । मन्त्रीपरिषद् विस्तारको तयारी भइरहँदा मन्त्री र राज्यमन्त्रीको लागि...

सांसद दीपक मनाङ्गेलाई दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, १० माघ । गण्डकी प्रदेशसभाका सदस्य दीपक मनाङ्गेलाई प्रहरीले दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय, कास्कीले अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका लागि दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो । सांसद मनाङ्गे जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेको आरोपमा बिहीबार पोखराको...

राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले दिए पदबाट राजीनामा

राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहाकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन् । प्याकुरेलले शुक्रबार राष्ट्रपति समक्ष राजीनामा बुझाएका हुन् । उनी २०७४ चैतमा राष्ट्रपतिका सल्लाहकार नियुक्त भएका थिए । उनको राजीनामा सभामखु चयन विषयलाई लिएर रहेको बुझिएको छ।

नेकपाका नेता अग्नि सापकोटाविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता

नेपाल कम्युनिष्ट पार्टीका नेता अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्धा दर्ता भएको छ । ‘कर्तव्य ज्यान’ मुद्दाको अभियोग लागेका नेता सापकोटाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतमा मुद्धा दर्ता गरेका हुन् । अधिवक्ता त्रिपाठीले ‘कर्तव्य ज्यान’ मुद्दाको अभियोग लागेका व्यक्तिलाई सभामुखको उम्मेदवारी दिएको भन्दै प्रक्रिया तत्काल स्थगित गर्नका लागि अन्तरिम आदेशको...

बागमती प्रदेशसभा बैठक माघ १२ गते बस्दै

हेटौंडा, १० माघ । प्रदेशको स्थायी राजधानी र नामकरणपछि बागमती प्रदेशसभा बैठक माघ १२ गते बस्ने भएको छ । प्रदेशको राजधानी र नामाकरणको प्रस्तावमाथि पुस २७ गते मतदान भएपछि स्थगित प्रदेशसभा बैठक माघ १२ गते बस्ने भएको हो । सभामुख सानुकुमार श्रेष्ठका अनुसार बैठक आइतबार दिउँसो ३ बजे बस्नेछ...

बागमती प्रदेशमा वेदुराम भुसाल र गंगा बेलवासे निर्वाचित

हेटौंडा, ९ माघ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत वागमती प्रदेशमा नेकपाका उम्मेदवार बेदुराम भुसाल र गंगा बेलवासे निर्वाचित भएका छन् । अन्य समुहबाट भुसाल ६ हजार ८ सय १० मतभार प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका हरिशरण श्रेष्ठ थिए। महिलातर्फ नेकपाकै गंगा बेलवासे विजयी भएकी छिन् ।...

मुख्यमन्त्री पौडेलले गरे राष्ट्रियसभा निर्वाचनमा पहिलो मतदान

हेटौंडा, ९ माघ । राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत आज सातै प्रदेशमा मतदान भइरहेको छ । आज बिहीबार कूल सदस्यमध्ये १८ पदका लागि बिहान १० बजेदेखि मतदान सुरु भएको हो । बागमती प्रदेशअन्तर्गत् ललितपुर महानगरपालिका वडा नम्बर ४ समितिको भवनमा रहेको मतदान केन्द्रमा मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो मतदाताका रुपमा मतदान गरेका...