राजनीति/ समाज
‘प्रदेश सरकार भ्रष्टाचारलाई निरुत्साहन गर्दै आर्थिक समृद्धितर्फ उन्मुख’
हेटौंडा, १४ माघ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार अब भ्रष्टाचारलाई निरुत्साहित गर्ने काममा जोडले लागेको बताएका छन् । उनले जनतालाई आर्थिक समृद्धितर्फ उन्मुख गराउन र उद्योगमैत्री वातावरण तयार गर्ने काममा प्रदेश सरकार अगाडि बढेको बताए । आज मंगलबार हेटौंडा–११ नवलपुरस्थित शहिद स्मारक स्थापनको २५ वर्ष पुगेको...
‘प्रदेशका राजधानी र नाम पञ्चायतकालीन अञ्चलभन्दा फरक छैनन्’
हेटौंडा, १४ माघ । संघीय समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानले अगाडि सारेका संघीयता र समावेशिता खोसिँदै गएका बताए । प्रदेश राजधानीका नाम तोकिएका विषयलाई जोड्दै उनले भने, ’अहिलेका प्रदेशहरु पञ्चायतकालीन अञ्चलभन्दा फरक छैनन् ।’ उनले यसअघि सार्वजनिक कार्यक्रमहरुमा तत्कालिन प्रदेश नम्बर ३ को नाम नेवाः ताम्सालिङ राख्नुपर्ने...
काँग्रेसलाई बाबुरामको व्यङ्ग्य : मेलमिलापका नाममा मागेर खानु हुँदैन
काठमाडौं, १४ माघ । समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले काँग्रेसलाई व्यङ्ग्य गर्दै मेलमिलापको नाममा मागेर नखान आग्रह गरेका छन् । डा. भट्टराईले ‘प्रतिपक्षले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ। मेलमिलापको नाममा मागेर खानुहुँदैन।’ भन्दै व्यङ्ग्य गरे । उनले मंगलबार सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिँदै प्रतिनिधि सभाको सभामुख कार्यकारी प्रधानमन्त्रीको...
नेता बानियाँद्वारा ३ सय ६० विद्यार्थीलाई ट्रयाकसुट वितरण
हेटौंडा, १४ माघ । बागमती प्रदेशका प्रमूख प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँले सोमबार ३ सय ६० विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका छन् । नेता बानियाँ मकवानपुरगढी गाउँपालिका ७ सुकौरामा रहेको जनता माविका ३ सय ६० जना विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेका हुन् । ट्रयाकसुट वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रतिमान...
काँग्रेस नेता बानियाँले नेकपाका फुयाँललाई ‘मुन्नी बद्नाम हुइ’ भनेपछि…
मकवानपुर १३ माघ । सत्तारुढ नेकपाका मुख्य सचेतक रामेश्वर फुयाँल मन्त्री बन्ने चर्चा चलिरहेको छ । प्रदेशको नाम र राजधानी टुंगीएपछि फुयाँल भौतिक पूर्वाधार विकास मन्त्री बन्ने चर्चा सुरु भएको हो । यसै सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्र बहादुर बानियाँले फुयाँलमाथी कडा व्यङ्ग्य प्रहार गरेका छन्...
मुख्यमन्त्री पौडेललाई सांसदको काउण्टर– ‘हेप्नी, संसद र लोकतन्त्रलाई हेप्नी’
हेटौंडा, १३ माघ । बागमती प्रदेशसभाको पुस अन्तिम साता भएको बैठक देशैभर चर्चित छ । पुस २७ गतेको बैठकले प्रदेशको स्थायी राजधानी र नामकरण टुंगियो । राजधानी र नामकरण टुंगिनु अघि प्रदेशसभा बैठकमा छलफल चल्यो, प्रदेशसभा बैठकमा राजधानी र नामकरणका लागि प्रस्ताव पेश भयो । प्रस्तावमाछि उठेका प्रश्नको जवाफ...
बागमती प्रदेशसभाको आज बसेको बैठकमा दुई विधेयकमाथि छलफल
हेटौंडा, १३ माघ । बागमती प्रदेश सभाको आज बसेको बैठकमा दुई विधेयकमाथि छलफल भएको छ । बैठकमा प्रदेशभित्र सुशासन प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेश दुध विकास बोर्ड ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७६ माथि छलफल भएको हो । प्रदेश सुशासन प्रत्याभूति गर्ने...
प्रदेशसभा सदस्यमा नवनिर्वाचित भँडेल काँग्रेसका उपनेतामा नियुक्त
हेटौंडा, १३ माघ । भक्तपुर जिल्लाको क्षेत्र नं. १ को ‘क’ बाट नवनिर्वाचित प्रदेशसभाका सदस्य कृष्णलाल भँडेल नेपाली काँग्रेसका उपनेतामा नियुक्त भएका छन् । काँग्रेसबाट प्रदेशसभा सदस्यमा निर्वाचित भँडेललाई सोमबार दलका नेता इन्द्रबहादुर बानियाँले उपनेतामा नियुक्ती गरेका हुन् । नेता बानियाँले केही महिनाअघि संसदीय दलको मुख्य सचेतकमा राधा घले,...
‘बागमती प्रदेशमा नेता–कार्यकर्ता व्यवस्थापन गर्न राज्यमन्त्री ?’
हेटौंडा, १३ माघ । बागमती प्रदेशमा पछिल्लो एकहप्तादेखि मन्त्री र राज्यमन्त्री थपिने कुराले तरंक ल्याएको भन्दै प्रदेशसभा बैठकमा यो विषय उठान भएको छ । राप्रपा संयुक्तकी सांसद रिना गुरुङले एक हप्तादेखि सञ्चारमाध्याममा प्रदेशमा मन्त्री र राज्यमन्त्रीहरु थ्पिन लागेको कुराले ध्यानाकर्षण भएको बताएकी छिन् । उनले राज्यलाई भार पार्न राज्यमन्त्री...
हेटौंडाको बासुदेव सभागृह नभत्काउन सांसदको आग्रह
हेटौंडा, १३ माघ । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको बासुदेव सभागृह नभत्काउन प्रदेशसभा बैठकमा आवाज उठेको छ । बासुदेव समागृह र सँगै रहेको राजा वीरेन्द्रको शालिक नभत्काउन सांसद रित माझीले आग्रह गरेकी छिन् । सोमबार बसेको बागमती प्रदेश सभाको बैठकमा आफ्नो धारणा राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद माझीले...










