पौडेल र रेग्मीको बालुवाटारको जग्गा सरकारको नाममा आयो

तु खबर संवाददाता
२०७६ माघ २६, आईतवार ०८:०२

नेकपा महासचिव विष्णु पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले किनेको बालुवाटारस्थित ललितानिवासको जग्गा सरकारले फिर्ता लिएको छ ।

भ्रष्टाचारजस्तो फौजदारी मुद्दामा अख्तियारले मेलमिलापको नजिर स्थापित गरेको भन्दै आलोचना भइरहेका वेला सरकारले हतार(हतार पौडेल र रेग्मीको नाममा रहेको जग्गा सरकारको नाममा ल्याएको हो ।

मालपोत कार्यालय डिल्लीबजारका प्रमुख गोविन्द अधिकारीले शुक्रबार नै जग्गा सरकारको नाममा ल्याएको जानकारी दिए ।

भ्रष्टाचारजस्तो फौजदारी मुद्दामा अख्तियारले मेलमिलापको नजिर स्थापित गरेको भन्दै आलोचना भइरहेका वेला सरकारले हतार(हतार पौडेल र रेग्मीको नाममा रहेको जग्गा सरकारको नाममा ल्याएको हो ।

ललितानिवासको सरकारी जग्गा हिनामिनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवीन पौडेल र न्यायाधीश रेग्मीले जग्गा फिर्ता गर्ने प्रतिबद्धता जनाएकाले उनीहरूविरुद्ध मुद्दा दायर नगरेको बताएको थियो ।

अख्तियारको त्यस्तो स्पष्टीकरणको आलोचना भइरहेको छ । ललितानिवासको जग्गा हिनामिनासम्बन्धी छानबिनमा नेकपाका महासचिव विष्णु पौडेल र न्यायाधीश कुमार रेग्मीले समेत सरकारी जग्गा खरिद गरेको भेटिएको थियो ।

अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्दा पौडेल र रेग्मीको नाममा रहेको जग्गा अविलम्ब सरकारको नाममा ल्याउन र त्यसको जानकारी दिन भनेको थियो ।

भूमिसुधार मन्त्रालयले अख्तियारको त्यही निर्देशनका आधारमा मालपोत कार्यालय डिल्लीबजारलाई पत्र लेखेको र मन्त्रालयको पत्रका आधारमा मालपोत कार्यालयले उनीहरूको नाममा भएको सरकारी जग्गा पुनः सरकारको नाममा फिर्ता लिएको हो ।

अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्दा उनीहरूले बैंकमा जग्गा धितो राखेर ऋण लिएको देखिएको उल्लेख गरेको थियो । तर, मालपोत कार्यालय डिल्लीबजारले भने शुक्रबार जग्गा रोक्का नदेखिएको बताएको छ । आजको नयाँ पत्रिका समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*