एमसीसीबारे प्रचण्डले भने– भारतको पनि सहमति लिनुपर्छ भनेको के हो ?

तु खबर संवाददाता
२०७६ माघ २५, शनिबार २०:०९
फाइल तस्बिर

काठमाडौं, २५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को पक्षमा रहेको बताएका छन् ।

तर एमसीसीमा रहेका केही अस्पष्ट विषयलाई प्रष्ट पारेर पारित गर्ने पक्षमा आफू रहेको उनले बताएका हुन् । कान्तिपुर कन्क्लेभको सम्वादमा प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् । नेपालको पक्षबाट र अमेरिकी पक्षबाट पनि प्रष्ट पारिनुपर्ने केही विषय उनले औंल्याएका थिए ।

प्रचण्डले सोधेका छन्, ‘भारतको पनि सहमति लिनुपर्छ भनिएको रहेछ । त्यो भनेको के हो ?’ अमेरिकाको तर्फबाट पनि प्रष्ट गर्नुपर्ने केही विषय भए त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।

अमेरिकासँग नेपालको ऐतिहासिक सम्बन्ध रहेको उदाहरण दिँदै अमेरिकाले एमसीसी मार्फत अनुदान दिन लागेको अर्बौँ रकम नेपालको लागि अवसर भएको पनि उनले बताए ।

यही सन्दर्भमा उनले एमसीसीलाई प्रष्ट गरेर छिट्टै पारित गर्ने पक्षमा आफू रहेको प्रचण्डले बताएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*