राजनीति/ समाज

बालुवाटार जग्गा प्रकरणः ‘प्रस्ताव लाने मन्त्रीलाई मुद्दा, पास गर्ने प्रधानमन्त्रीलाई उन्मुक्ति’ ?

काठमाडौं, २३ माघ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पार्टी उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि मुद्दा दायर गरेकोमा आपत्ति जनाएको छ । कांग्रेसले प्रतिनिधिसभाको बिहीबारको बैठकमा विपक्षी पार्टी र फरक विचारको आधारमा गच्छदारमाथि मुद्दा चलाइएको सचेतक पुष्पा भुसालले बताइन्। सचेतक भुसालले अख्तियारले बदनियतपूर्ण...

हेटौंडा आउँदै नेकपा उपाध्यक्ष बामदेव गौतम

हेटौंडा, २३ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम प्रदेशको राजधानी हेटौंडा आउने भएका छन् । केही दिनअघि मात्रै काठमाडौंमा भएको पार्टी केन्द्रीय बैठकले गौतमलाई उपाध्यक्षमा मनोनित गरेको थियो । उपाध्यक्ष भए लगत्तै गौतम हेटौंडा आउन लागेका हुन् । पुर्वउपप्रधान तथा गृहमन्त्री गौतम माघ २५...

बालुवाटार जग्गा प्रकरणः पौडेल र रेग्मी सरकारलाई जग्गा फिर्ता गर्न तयार

काठमाडौं, २२ माघ । ललिता निवासमा जग्गा किनेका नवीन पौडेलले आफ्नो नामको जग्गा नेपाल सरकारलाई छाडिदिन मञ्जुर भएका छन् । अनुसन्धानका क्रममा अनुसन्धान अधिकृत समक्ष जग्गा छाड्न तयार भएपछि पौडेलविरुद्ध अख्तियारले जग्गा जफत प्रयोजनका लागि समेत प्रतिवादी बनाउन आवश्यक नपरेको निर्णय गरेको छ । नवीन नाबालक हुँदा उनका पिता...

बालुवाटार जग्गा प्रकरणः विष्णु पौडेलविरुद्ध उजुरी परेन, माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध पनि मुद्दा नचल्ने

काठमाडौं, २२ माघ । बालुवाटारमा रहेको ललिता निवास जग्गा अनियमिता प्रकरणमा अख्तियारले दायर गरेको मुद्दामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलको नाम परेको छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ सय ७५ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो। आज विशेष अदालतमा उनीहरुविरुद्ध मुद्दा दर्ता गराइए पनि बालुवाटारको जग्गा प्रकरणमा...

ललितानिवास प्रकरणमा यी ‘हाई प्रोफाइल’ विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं, २२ माघ । बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘हाई प्रोफाइल’ विरुद्ध मुद्दा दायर गरेको छ । बुधबार विशेष अदालतमा अख्तियारले ‘हाई प्रोफाइल’ पात्रसहित १७५ विरुद्ध मुद्दा दायर गरेको हो । विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले ललितानिवास जग्गा हिनामिनासम्बन्धी मुद्दा दर्ता भएको जानकारी दिए। अख्तियारले मुद्दा...

रामनारायण विडारीले भने– ‘नेपालको गुप्तचर संयन्त्रले न गुप्तचरी गर्न जान्यो, न देश र जनताको हित’

काठमाडौं, २२ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रियसभा सदस्य रामनारायण बिडारी मुलुकको गुप्तचर संयन्त्रविरुद्ध प्रश्न गरेका छन् । राष्ट्रिय अनुसन्धान विभाग, जनसम्पर्क लगायत विभिन्न नाम राखेर युगदेखि सञ्चालन हुँदै आएका गुप्तचरी संयन्त्र केही कर्मचारीका लागि तलब खाने अड्डामात्र भएको बताए । त्यस्तो अड्डामा सीप, क्षमता, इमान नभएका...

विवादले स्थगित भयो काँग्रेस केन्द्रीय कार्यसमिति बैठक

मकवानपुर, २२ माघ । भोलि (बिहीबार) का लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । शीर्ष नेताहरूबीच भएको सहमति कार्यान्वयनको विषयमा विवाद भएपछि भोली हुने बैठक माघ २७ गते बस्ने गरी स्थगित गरिएको हो । पार्टीका शीर्ष नेताहरूबीच पार्टीको आगामी १४ औं महाधिवेशनको विषयलाई लिएर विवाद...

नेकपाको तेस्रो पटक संगठन विभाग विस्तार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संगठन विभागको तेस्रो पटक विस्तार भएको छ । नेकपा बनेको २१ महिनामा यो विभाग आज तेस्रो पटक विस्तार भएको हो । नेकपामा तेस्रो पटक संगठन विभाग विस्तार भएर १५ जनाको भएको छ । विधानमा ३५ जना हुने भनिए पनि आज थपेकासहित १५ जना पुगेका...

हेटौंडाका प्रभात दाहाल नेवि संघको महामन्त्रीमा नियुक्त

हेटौंडा, १९ माघ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ)को महामन्त्रीमा युवा नेता प्रभात कुमार दाहाल नियुक्त भएका छन् । नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार युवा नेता दाहाललाई महामन्त्रीमा नियुक्त गरिएको हो । लामो समयदेखि राजनीतिमा सक्रिय दाहाल कांग्रेस महासमिति सदस्य र जिल्ला कार्य समितिको...

अब नेकपा बैठकमा दुई अध्यक्षको फोटो नराख्ने

काठमाडौं, १९ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा अब दुई अध्यक्षको फोटो नराख्ने भएको छ । केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबदेखि नेकपाको बैठक वा कार्यक्रममा दुई अध्यक्षको फोटो नराख्ने निर्णय सुनाएका हुन् । केन्द्रीय कमिटी बैठक हलमा...