बागमती प्रदेशका सांसदको प्रश्नः ‘चिनका नेपाली उद्धारमा सरकारको ढिलासुस्ती किन ?’

तु खबर संवाददाता
२०७६ माघ २७, सोमबार १९:५०
फाइल तस्बिर

हेटौंडा, २७ माघ । चिनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेको नेपाली विद्यार्थीहरुलाई छिटो उद्धार गर्न प्रदेशसभा सदस्यहरुले माग गरेका छन् ।

बागमती प्रदेशका सांसदहरुले नेपाली विद्यार्थीहरुको उद्धारमा संघीय सरकारको ढिलासुस्ती भएको भन्दै प्रश्न गरेका छन् ।

बागमती प्रदेशसभाको आज सोमबार भएको बैठकमा प्रदेशसभाका ११ जना सदस्यहरुले चीनको वुहान सहरमा रहेका १ सय ८० जना नेपाली विद्यार्थीहरुलाई संघीय सरकारले छिटो उद्धार गरी क्वारेन्टाइनमा राख्न माग गरेका छन् ।

सांसदहरुले संघीय सरकारको ढिलासुस्तीको आलोचना गर्दै बागमती प्रदेश सरकारको पनि ध्यानाकर्षण गराए ।

सांसदहरुले चिनियाँ सहरमा रहेका विद्यार्थीहरुको उद्धारमा संघीय सरकारले ढिलासुस्ती गरेको भन्दै अभिभावकहरुले दुःख प्रकट गरेकोमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसदहरुले नेपाली विद्यार्थीहरुको उद्धारमा संघीय सरकारले ढिलासुस्ती गरेको प्रति प्रदेश सरकारको पनि ध्यानाकर्षण हुनुपर्ने सुझाव राखेका छन् ।

नेपाली विद्यार्थीहरुमा कोरोना भाइरस संक्रमण हुनु अवागै उद्धार गरी स्वास्थ्य उपचारको उचित व्यवस्थापन गर्न संघीय सरकारलाई प्रदेश सांसदहरुले आग्रह गरे ।

नेपाली विद्यार्थी ल्याउन अन्तिम तयारीः मन्त्री

प्रदेशसभा बैठकमा बोल्दै सामाजिक विकास मन्त्री युवराज दुलालले प्रधामन्त्रीको निर्देशन अनुसार चीनको वुहान सहरबाट विद्यार्थीहरु ल्याउन अन्तिम तयारी भइरहेको बताएका छन् ।

सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा मन्त्री दुलालले त्यहाँ विद्यार्थीहरुको अवस्था बुझ्न उच्च स्तरीय चिकित्सकहरुको टोली चीनतर्फ पठाइएको पनि सदनलाई जानकारी गराएका छन् ।

उनले प्रदेश सरकारको कार्यक्षेत्र अन्तरगत अहिले चितवनको भरतपुर, सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङमा हेल्थ डेक्सको स्थापना गरिएको बताए ।

नागरिकलाई कोरोना भाइरसबाट संक्रमण हुन नदिन जनचेतनाहरु ज्गाउने कार्यक्रम भएको उल्लेख गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*