राजनीति/ समाज

बालुवाटार जग्‍गा प्रकरणमा तत्कालीन् राज्यमन्त्री संजयकुमार साहको बयान

काठमाडौँ, २४ माघ । ललिता निवास जग्‍गा प्रकरणबारे तत्कालीन् राज्यमन्त्री संजय कुमार साहको बयानः म २०६६ सालमा राज्यमन्त्री भएको हो। मन्त्रिपरिषद्‍बाट निर्णय भई कार्यान्वयनको चरणमा रहेको जग्गाको विषयमा मानवीय त्रुटि तथा भुलवश भएको गल्ती सच्याउने भनी उप-प्रधानमन्त्री समक्ष मन्त्रिपरिषद्‍मा पेश गर्न उप-प्रधानमन्त्रीज्यू बाट निर्णय हुनको लागि उप-प्रधानमन्त्री समक्ष तत्कालीन...

बालुवाटार जग्‍गा प्रकरणबारे विष्णु पौडेलका छोरा नवीन पौडेलले दिए यस्तो बयान

काठमाडौं, २४ माघ । ललिता निवास जग्‍गा प्रकरणबारे नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेलको बयानः हाल म अष्ट्रेलियाको राजधानी क्यानबेरामा बस्छु। मेरो नाममा बालुवाटारमा कुल आठ आना जग्गा रहेको छ। सो जग्गा मैले मिति २०६१र९र२९ मा तत्कालीन जग्गाधनी उमाकुमारी ढकाल्नी र माधवी सुवेदीबाट खरिद गरेको हुँ। प्रचलित कानून...

बालुवाटार जग्‍गा प्रकरणमा विजयकुमार गच्छदारले यस्तो बयान दिए

काठमाडौं, २४ माघ । ललिता निवास जग्‍गा प्रकरणबारे तत्कालीन् उपप्रधानमन्त्री तथा विभागीय मन्त्री विजयकुमार गच्छदारको बयानः म २०४८ सालपछि पटक–पटक विभिन्न मन्त्रालय हुँदै ४–५ पटक भौतिक योजना तथा निर्माण मन्त्रालयमा विभागीय मन्त्रीको हैसियतमा थिएँ। तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयबाट भएका निर्णयहरूका सम्बन्धमा २०६५र२०६६ सालमा तयार भएको गुरुयोजना कार्यान्वयन...

बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान

कठमाडौं, २४ माघ । ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले दिएको बयान यस्तो छः म नेपाल सरकारको प्रधानमन्त्रीको रुपमा २०६६ जेठदेखि २०६७ फाल्गुणसम्म पदभार सम्हालेर बसेको थिएँ। बालुवाटारस्थित विशिष्‍ट व्यक्तिहरूको निवास विस्तार गर्ने सम्बन्धमा गुरुयोजना तयार पारिएको थियो। गुरुयोजनाबाट प्रधानमन्त्री निवासको दक्षिणतर्फ पनि सरकारी जग्गा रहेको...

बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको बयान

काठमाडौँ, २४ माघ । ललिता निवास जग्गा प्रकरणबारे पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको बयानः नेपाल सरकार समरजंग कम्पनीको नाममा रहेको जग्गा पशुपति टिकिन्छा गुठी जग्गाधनी तथा मोही कायम गर्ने गराउने सम्बन्धमा मन्त्रिपरिषद्‍बाट निर्णय भएको होइन । मन्त्रिपरिषद्‍को निर्णय पुनः नापी बमोजिम नेपाल सरकार समरजंग कम्पनीको नाममा दर्ता भएको सच्याइएको हो ।...

कांग्रेसलाई बिडारीले भने– ‘एक्लैले ड्याम ड्याम निर्णय गरेपछि मुद्दा लाग्छ’

हेटौंडा, २३ माघ । नेकपाका सांसद रामनारायण बिडारीले ललिता निवास र सरकारी जग्गा अनियमितता प्रकरणमा निजी निर्णय गरेकाहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाएको बताएका छन् । राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा सांसद बिडारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसद्बाट निर्माण भएको कानुनका आधारमा पूर्वउपप्रधानमन्त्री, मन्त्री, सरकारी कर्मचारीहरुलाई मुद्दा लगाएको प्रस्ट...

गच्छदारविरुद्ध मुद्दा दायर भएपछि सडक तताउने काँग्रेसको निर्णय

काठमाडौं, २३ माघ । नेपाली काँग्रेसले पार्टी उपसभापति विजयकुमार गच्छदारमाथि भ्रष्टाचारको मुद्दा दायर भएपछि आगामी रणनीतिबनाउन कानुन व्यवसायीहरुसँग परामर्श गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमिततामा गच्छदारमाथि विशेष अदालतमाभ्रष्टाचारको मुद्दा दायर गरेको थियो । विहीबार विहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पार्टी पदाधिकारी र...

विश्‍वप्रकाश भन्छन्ः कामरेडको सिरानीमुनी लालपुर्जा, गच्छदारलाई मुद्दा ?

काठमाडौं, २३ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा कांग्रेस उपसभापति विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेपछि कांग्रेसले आपत्ति जनाएको छ। बुधबार अख्तियारले गच्छदारसहित १७५ जनालाई भ्रष्टाचार मुद्धा दायर गरेपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाएका हुन्। ‘श्री माधवकुमार नेपालको पालामा नितिगत निर्णय। एक पूर्वमन्त्री कमरेडको सिरानीमुनी...

बालुवाटार जग्गा प्रकरण– विष्णु पौडेल कसरी जोगिए ?

काठमाडौं, २३ माघ । बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘हाई प्रोफाइल’ विरुद्ध मुद्दा दायर गरे पनि यो प्रकरणमा जोडिएका नेकपा महासचिव विष्णु पौडेल भने जोगिएका छन्। बुधबार विशेष अदालतमा अख्तियारले ‘हाई प्रोफाइल’ पात्रसहित १७५ विरुद्ध मुद्दा दायर हुँदा पौडेलले छुट पाएका छन्। अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका...

अख्तियारले गच्छदारलाई मुद्दा दायर गरेपछि कांग्रेसद्वारा संसद अवरुद्ध

काठमाडौं, २३ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राजनीतिक प्रतिशोधका आधारमा अख्तियारले मुद्दा दायर गरेको आरोप लगाउँदै प्रतिनिधिसभाको बिहीबारको बैठक अवरुद्ध गरेको छ। ललितानिवास जग्गा प्रकरणमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनालाई मुद्दा दायर गरेपछि कांग्रेसले बैठक अवरुद्ध गरेको हो। तत्कालिन भौतिक योजनामन्त्री...