प्रचण्डको फोनले रामेश्वर फुयालको सपथ रोकियो, मन्त्री बन्ने सपना अधुरै !
हेटौंडा, २९ माघ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका रामेश्वर फुयालको मन्त्री बन्ने सपना अधुरै भएको छ । आज फुयाललाई मन्त्रीको सपथ ग्रहण गराउने पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्री डोरमणि पौडेललाई फोन गरेपछि आज हुने भनिएको रामेश्वर फुँयालको सपथ ग्रहण रोकिएको मुख्यमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ ।
‘प्रचण्डको मुख्यमन्त्री ज्युलाई फोन आएको थियो । कुरा के भयो एक्कासी सपथ ग्रहण रोकिएको कुरा छ ।–’ स्रोतले तु खबरलाई भन्यो ।
मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा फुयाललाई नियुक्त गरेका थिए । फुयाललाई आज सपथ ग्रहण गराइने मुख्यमन्त्रीको कार्यालयले जनाएको थियो ।
तर, उनी मन्त्रीमा नियुक्त भएको २४ घण्टा नबित्दै सपथ ग्रहण कार्यक्रमको निर्णय उल्टिएको छ । फुयालको आज साँझ ४ बजे हुने भनिएको सपथ ग्रहण स्थगित भएको मुख्यमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।
यसअघि संविधानसभा सदस्यसमेत रहेका फुँयाल लामो राजनीतिक यात्रापछि पहिलोपटक मन्त्री बन्न लागेका थिए । तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले वर्खास्त गरेपछि रिक्त मन्त्रालयको काम पौडेल आफैँले सम्हाल्दै आएका थिए ।
बागमती प्रदेशको स्थायी राजधानी र नामाकरणपछि फुयाल मन्त्री बन्ने चर्चा निकै चलेको थियो । बागमती प्रदेशका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रमुख सचेतक रहेका फुयाल गाविस अध्यक्ष, जिल्ला विकास समितिको उपसभापति, संविधानसभा सदस्य, प्रदेश सभा सदस्य हुँदै मन्त्री बन्न लागेका थिए ।
यो पनि पढ्नुहोस् ।
- रामेश्वर फुँयाल मन्त्री हुँदै, आज ४ बजे सपथ
- बागमती प्रदेशमा मन्त्रीपरिषद् विस्तारको तयारीः फुँयाललाई भौतिक, ३ सांसद राज्यमन्त्री
- काँग्रेस नेता बानियाँले नेकपाका फुयाँललाई ‘मुन्नी बद्नाम हुइ’ भनेपछि…
- ‘म मन्त्री बन्ने हल्लाले आफैँ अचम्मित छु’
- स्थापित बिस्थापित भएपछि मन्त्री बन्ने भए फुयाल
