काँग्रेस नेता बानियाँले नेकपाका फुयाँललाई ‘मुन्नी बद्नाम हुइ’ भनेपछि…

तु खबर संवाददाता
२०७६ माघ १३, सोमबार २०:४७

मकवानपुर १३ माघ । सत्तारुढ नेकपाका मुख्य सचेतक रामेश्वर फुयाँल मन्त्री बन्ने चर्चा चलिरहेको छ । प्रदेशको नाम र राजधानी टुंगीएपछि फुयाँल भौतिक पूर्वाधार विकास मन्त्री बन्ने चर्चा सुरु भएको हो ।

यसै सन्दर्भमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्र बहादुर बानियाँले फुयाँलमाथी कडा व्यङ्ग्य प्रहार गरेका छन् । बानियाँ र फुयाँलको आज सोमबार प्रदेशसभा सचिवालयमा जम्काभेट भएको थियो ।

भेट हुनासाथ बानियाँले फुयाँललाई ‘मुन्नी बद्नाम हुई’ भन्दै जिस्काए । फुयाँललाई जिस्काउनुको कारण थियो, उनी मन्त्री हुने चर्चा । बानियाँले तपाई मन्त्री हुनु भएन भने त मुन्नी बद्नाम हुन्छ भन्दै व्यङ्ग्य गरे । उनले तपाई मन्त्री हुने चर्चा चलिरहेको छ, यदी तपाई मन्त्री हुनुभएन भने मुन्नी बद्नाम हुन्छ भने ।

बानियाँले यसो भनेपछि नेकपाका सांसद दिपक निरौलालगायत हाँसे । फुयाँललाई जिस्काएपछि बानियाँले राजधानीको विषयलाई जोडेर अर्को गित गाए ।

‘घुम्न जाउँ घुम्न जाउँ घुम्न धुलिखेल’ बानियाँले यो चर्चित नेपाली गित गाउनुको कारण थियो, बागमती प्रदेशको स्थायी राजधानी हेटौँडा कायम भयो धुलिखेल घुम्नको लागि लायक छ ।

प्रदेशसभामा काभ्रेको धुलिखेललाई राजधानी बनाउन प्रस्ताव दर्ता गरिएको थियो । मतदान प्रक्रियामा धुलिखेलको पक्षमा अल्पमत भएपछि हेटौँडालाई स्थायी राजधानी निर्णय गरियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*