रामेश्वर फुँयाल मन्त्री हुँदै, आज ४ बजे सपथ

तु खबर संवाददाता
२०७६ माघ २९, बुधबार ०९:२४
file-photo

मकवानपुर, २९ माघ । बागमती प्रदेश नेकपा संसदीय दलका मुख्य सचेतक रामेश्वर फुँयाल भौतिक पूर्वाधार मन्त्री हुने भएका छन् । उनले आज ४ बजे मन्त्रीको रुपमा सपथग्रहण गर्नेछन् ।

बागमती प्रदेशमा सरकार विस्तार हुने चर्चा लामो समयदेखि चलिरहेको भएपनि अहिले आएर सरकार विस्तार हुन लागेको हो । आज फुँयालले मात्र मन्त्रीको रुपमा सपथ लिने उच्चस्तरीय स्रोतले तु खबरलाई बतायो ।

तत्कालिन भौतिक योजना मन्त्री केशब स्थापितलाई मन्त्रीबाट बर्खास्तगी गरिएपछि सो मन्त्रालय मु्ख्यमन्त्री डोरमणि पौडेलले हेर्दै आएका थिए । त्यसका कारण सो मन्त्रालयको प्रगति उल्लेखनीय हुन सकेको थिएन ।

यो पनि पढ्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*