के गदैछन् प्रदेश नं. ३ का तत्कालिन मन्त्री केशव स्थापित ?
मकवानपुर, १३ वैशाख । प्रदेश नं. ३ का पूर्वमन्त्री केशव स्थापित मन्त्रीबाट बर्खास्त भएपछि कहाँ छन् भनेर चासो राख्ने गरिएको छ । तर, शुक्रबार उनी अनलाइन खबरमार्फत् काठमाडौँका विद्यासुन्दर शाक्य र खुला मञ्च अतिक्रमण प्रकरणमा बोलिरहेका थिए ।तु खबरले पूर्वमन्त्री स्थापितलाई अतिक्रमणमा परेको खुलामञ्चका बारेमा पुनः जिज्ञासा राखेको थियो ।
सार्वजनिक जग्गामाथि बलात्कार गर्नेहरुलाई छानविन होइन, हत्कडी लगाउनुपर्ने उनले बताए । काठमाडौँका मेयर अनुसन्धान, प्रतिवेददन भनिरहेका छन्, पहिले हतकडी लगाएर मात्र अरु कुरा गर्नुपर्ने उनले सुनाए ।
हेटौँडामा लोखर्के गनेर बस्नु परिरहेको धारणा राखेर चर्चामा आएका पूर्वमन्त्री स्थापित हेटौंडाका सडक विस्तार योजना सुनाउन पनि भ्याउथे । हेटौँडा प्रदेशको राजधानी उपयुक्त नभएको बताएर त्यतिबेला उनी निकै विवादमा पनि आए ।
हेटौँडा राजधानी हुँदैहुँदैन, लोखर्के गनेर बसेको छु, हेटौँडालाई धुलोमुक्त बनाइन्छ, १ सय दिनमै सडक विस्तार गरिन्छ भनेर उनी विवादमा आएकै थिए । पछि मी–२ मा पनि उनी विवादमा तानिए । त्यसपछि त झन् मुख्यमन्त्री पौडेललाई दुव्र्यवहार गरेको आरोप लागेपछि उनको मन्त्री पदनै गुम्यो ।
प्रदेश नम्बर ३ को मन्त्रीपरिषद् बैठकमा मुख्यमन्त्रीमाथि अपशब्द प्रयोग गरेको आरोपमा बर्खास्तगीमा परेका स्थापित त्यसपछि निकै कमै मात्र बोल्छन् ।आजभोलि के काममा व्यस्त हुनुहुन्छ भनी तु खबरले सोधेको जिज्ञासामा उनले हँसिलो पारामा भने – ‘२४ सैँ घण्टा व्यस्त हुने मान्छेलाई के मा व्यस्त हुनुहुन्छ भनेर सोध्ने ?, तपाइलाई मेरो व्यस्तताको कथा सुनाउन २ घण्टा लाग्छ ।’
