स्थापित बिस्थापित भएपछि मन्त्री बन्ने भए फुयाल

तु खबर संवाददाता
२०७६ माघ ११,शनिबार १९:४०
file-photo

मकवानपुर ११ माघ । काठमाडौँ क्षेत्र नम्वर ३ प्रदेश ख बाट निर्वाचित सांसद तथा बागमती प्रदेशका नेकपाका मुख्य सचेतक रामेश्वर फुयाल बागमती प्रदेशको भौतिक पूर्वाधार तथा योजनामन्त्री बन्ने भएका छन् ।

बागमती प्रदेशका एक मन्त्रीले तु खबर संग कुराकानी गर्दै भने – भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी रामेश्वर फुयालले पाउनुभएको छ, आन्तरिक निर्णय भैसकेको छ ।

पूर्व भौतिक पूर्वाधार तथा योजनामन्त्री केशव स्थापितलाई मूख्यमन्त्री डोरमणि पौडेलले बर्खास्त गरेपछि उक्त मन्त्रालय मुख्यमन्त्री पौडेललेनै संहाल्दै आएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*