काँग्रेस र नेकपाको विकल्प राप्रपा हो : कमल थापा
काठमाडौं, १ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले काँग्रेस र नेकपाको विकल्प राप्रपा पार्टी भएको बताएका छन् ।
बिहीबार पार्टीको ‘बाग्मती प्रदेशस्तरीय निर्वाचन अभिमुखिकरण’ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् ।
उनले राप्रपालाई अगाडि बढाउन देशभरका कार्यकर्ताको प्रतिबद्धता र मेहनतको जरुरी भएको बताए ।
उनले संगठन निर्माणको जगमा पार्टीलाई राष्ट्रिय राजनीतिमा स्थापित गराउने दृढता ब्यक्त गरे ।
सो क्रममा बोल्दै थापाले भने, महाधिवेशन औपचारिक प्रक्रिया मात्र होइन , संगठन निर्माणको आन्दोलन र अभियान हो।’
सकृय सदस्यताको आधारमा महाधिवेशन प्रतिनिधि हुने बिषयलाई नेताहरुले गम्भीरतासाथ लिई काम गर्न थापाको आग्रह समेत गरेका छन् ।
