राजनीति/ समाज
गृहमन्त्री बादल यस कारण आउँदै छन् मकवानपुर
हेटौंडा, २६ माघ । गृहमन्त्री रामबहादुर थापा (बादल) मकवानपुर आउने भएका छन् । फागुन ३ गते मकवानपुरको पुर्वी क्षेत्र बागमती गाउँपालिकामा बादल आउन लागेका हुन् । फागुन १२ गतेसम्म बागमती गाउँपालिकाको फापरबारीमा हुने तेस्रो बागमती गोल्डकप–२०७६ लाई उद्घाटन गर्न उनी आउन लागेका हुन् । गोल्डकप आयोजक बागमती खेलकुद विकास...
तरूण दलको नाराः कठै अख्तियार, नेकपासामु लम्पसार
काठमाडौं, २६ माघ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोध र बदनियतपूर्ण ढंगले आफ्ना उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा लगाएको भन्दै नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरूण दलले माइतीघर मण्डलमा प्रदर्शन गरेको छ । तरूण दल अध्यक्ष जितजंग बस्नेतको नेतृत्वमा आइतबार अख्तियार र प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध प्रदर्शन गरेका हुन्।...
नेकपा सचिवालय बैठक स्थगित
काठमाडौँ, २६ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालयको आज बोलाइएको बैठक स्थगित भएको छ । पार्टी एकताका बाँकी कामलगायतबारे छलफल गर्न आइतबार बिहान ११ बजे बोलाइएको नेकपा सचिवालयको स्थगित भएको हो । आज बोलाइएको बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका कारण देखाउँदै सचिवालय बैठक स्थगित...
रेग्मी र पौडेलको जग्गा प्रक्रिया मिचेर सरकारीकरण
काठमाडौं, २६ माघ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशनमा डिल्लीबजार मालपोत कार्यालयले आधारभूत प्रक्रिया मिचेर ललिता निवासस्थित दुई जग्गाधनीको जग्गा सरकारीकरण गरेको खुलेको छ । डिल्लीबजार मालपोत कार्यालयले सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनका नाममा रहेको जग्गा दर्ता खारेज गरी सरकारी...
गच्छदारलाई मुद्दा दायर भएपछि हेटौंडाका सडकमा उत्रिँदै कांग्रेस
हेटौंडा, २६ माघ । नेपाली कांग्रेस पार्टी उपसभापति विजयकुमार गच्छदारमाथि भ्रष्टाचारको मुद्दा दायर भएपछि नेपाली कांग्रेस मकवानपुरका भातृ संगठनहरुले सडक उत्रिने भएका छन् । गच्छदारलाई राजनीतिक प्रतिशोधले बालुवाटार जग्गा प्रकरणमा फसाइएको भन्दै सत्तारुढ दल नेकपाको विरोधमा कांग्रेस मकवानपरका भातृ संगठनहरु सडकमा उत्रिन लागेका छन् । तरुण दल, नेपाल विद्यार्थी...
बिहानै किन पुगे प्रचण्ड निवासमा विष्णु पौडेल ?
काठमाडौं, २६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल आज आईतबार बिहानै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निकासमा पुगेका छन् । महासचिव पौडेल आज हुने नेकपा सचिवालयको बैठकको बारेमा छलफल गर्न प्रचण्ड निवास पुगेको खुमलटार स्रोतले जानकारी दिएको छ। नेकपा सचिवालय बैठक आइतबार बिहान ११ बजे...
समाजवादी पार्टी हेटौंडामा २२ जना प्रवेश
हेटौंडा, २६ माघ । समाजवादी पार्टी नेपाल हेटौँडा–१५ को आयोजनामा वनभोज, प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा सम्पन्न भएको छ । कार्यक्रम समाजवादी पार्टी हेटौंडा–१५ का अध्यक्ष हरि रुम्बाको सभाध्यक्षता तथा केन्द्रिय सदस्य डा.धन बहादुर मोक्तानको प्रमुख अथितिमा सम्पन्न भएको हो । तत्कालिन सघिय समाजवादी फोरोम पार्टी मकवानपरका अध्यक्ष शुभरत्न...
पौडेल र रेग्मीको बालुवाटारको जग्गा सरकारको नाममा आयो
नेकपा महासचिव विष्णु पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले किनेको बालुवाटारस्थित ललितानिवासको जग्गा सरकारले फिर्ता लिएको छ । भ्रष्टाचारजस्तो फौजदारी मुद्दामा अख्तियारले मेलमिलापको नजिर स्थापित गरेको भन्दै आलोचना भइरहेका वेला सरकारले हतार(हतार पौडेल र रेग्मीको नाममा रहेको जग्गा सरकारको नाममा ल्याएको हो । मालपोत कार्यालय डिल्लीबजारका प्रमुख गोविन्द अधिकारीले शुक्रबार...
भाटभटेनीका साहु, जसले बालुवाटारमा एनआरएनलाई डुबाए
काठमाडौं, २५ माघ । सपिङ सेन्टरको नाम लिनेवित्तिकै भाटभटेनीको नाम आइहाल्छ । देशको सबैभन्दा धेरै चलेको र शाखा सञ्जालसमेत धेरै ठाउँमा पुगेको भाटभटेनीको नाम नसुन्ने नेपाली कमै होलान् । यही भाटभटेनीका साहु मीनहादुर गुरुङ यतिबेला बालुवाटार काण्डमा परेका छन् । ३५ हजार रुपैयाँमा लगानी सुरु गरेको बताउने गुरुङसँग अहिले...
एमसीसीबारे प्रचण्डले भने– भारतको पनि सहमति लिनुपर्छ भनेको के हो ?
काठमाडौं, २५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को पक्षमा रहेको बताएका छन् । तर एमसीसीमा रहेका केही अस्पष्ट विषयलाई प्रष्ट पारेर पारित गर्ने पक्षमा आफू रहेको उनले बताएका हुन् । कान्तिपुर कन्क्लेभको सम्वादमा प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् । नेपालको...










