पूर्वसभामुख महरा निर्दोष ठहर

तु खबर संवाददाता
२०७६ फाल्गुन ५, सोमबार १५:१०
file-photo

मकवानपुर, ५ फागुन । पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले सफाइ दिएको छ ।

संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा खेप्दै आएका महरालाई अदालतले सोमबार सफाइ दिएको हो ।

उहाँलाई जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले निर्दोष ठहर हो ।

उहाँबारे अदालतमा आइतबार नै बहस सकिएको भएपनि फैसला आउन बाँकी थियो । त्यसका लागि सोमबार ११ बजे प्रहरीले काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको थियो ।

उहाँ बलात्कारको प्रयासमा गत असोज १९ गते पक्राउ पर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*