काँग्रेस नेता शाक्यको निधन
नेपाली कांग्रेसका नेता तथा तत्कालीन ललितपुर नगरपालिकाका पूर्वमेयर बेखारत्न शाक्यको निधन भएको छ । शाक्यको ७८ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो ।
क्यान्सर रोगबाट पीडित शाक्यको मेडिसीटी अस्पतालमा उपचारका क्रममा निधन भएको परिवार स्रोतले जनाएको छ ।
उहाँ २०४९ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन ललितपुर नगरपालिमा नेपाली कांग्रेसको तर्फबाट पहिलो पटक मेयर हुनुभएको थियो ।
दुई छोरी, एक छोरा र श्रीमती भएका उहाँको बौद्ध धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिने भएको छ ।
