राजनीति/ समाज

बालुवाटार जग्गा प्रकरणः अख्तियार प्रमुखलाई महाअभियोग लगाउन सांसदको माग

हेटौंडा, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई महाअभियोग लगाउन एक सांसदले माग गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीले बालुवाटार जग्गा प्रकरणलाई लिएर अख्तियार प्रमुखलाई महाअभियोग लगाउन माग गरेकी हुन् । सांसद गिरीले तत्कालीन सम्माननीय प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध यही संसदले महाअभियोग प्रस्ताव...

बागमती प्रदेश संसदीय दलद्वारा प्रजालाई नगद ५० हजार सहयोग

हेटौंडा, २८ माघ । नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा प्यारामोटर निर्माण गरिरहेका चितवन राप्ती नगरपालिका–२, गड्यौलीका सरोज प्रजालाई बागमती प्रदेश संसदीय दलले नगद ५० हजार रुपैयाँ सहयोग गरेको छ । सोमबार नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ तथा उपनेता कृष्णलाल भडेलले उक्त रकम प्रजालाई हस्तान्तरण गरेका हुन् ।...

बागमती प्रदेशका सांसदको प्रश्नः ‘चिनका नेपाली उद्धारमा सरकारको ढिलासुस्ती किन ?’

हेटौंडा, २७ माघ । चिनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेको नेपाली विद्यार्थीहरुलाई छिटो उद्धार गर्न प्रदेशसभा सदस्यहरुले माग गरेका छन् । बागमती प्रदेशका सांसदहरुले नेपाली विद्यार्थीहरुको उद्धारमा संघीय सरकारको ढिलासुस्ती भएको भन्दै प्रश्न गरेका छन् । बागमती प्रदेशसभाको आज सोमबार भएको बैठकमा प्रदेशसभाका ११ जना सदस्यहरुले चीनको वुहान सहरमा...

हेटौंडा–कुलेखानी–काठमाडौं सडकखण्ड ‘तत्काल स्तरीकरण’

हेटौंडा, २७ माघ । बागमती प्रदेश सरकारले हेटौंडा–काठमाडौं जोड्ने छोटो मार्गलाई तत्काल स्तरीकरण गर्ने जानकारी दिएको छ । आज सोमबार बसेको बागमती प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेलको तर्फबाट जवाफ दिँदै आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेलले हेटौंडा–कुलेखानी–काठमाडौं जोड्ने छोटो मार्ग तत्काल स्तरीकरण हुने जनाएका छन् । प्रदेशसभाको...

मुख्यमन्त्री कार्यालयमा ताला लगाउने सांसदको चेतावनी

जनकपुरधाम, २७ माघ । गत आर्थिक बर्ष २०७५/७६ मा सम्पन्न भएका योजनाको रकम अहिलेसम्म भुक्तानी नभएको विरोधमा प्रदेश २ का सांसदले मुख्यमन्त्रीको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । केही सांसदको प्रदेशसभामा बसेको बैठकले भुक्तानीका निम्ति मुख्यमन्त्रीलाई पाँच दिनको अल्टिमेटम दिने र त्यस अवधीभित्र भुक्तानी नगरिए मुख्यमन्त्री तथा मन्त्री...

विप्लवका मोरङ इञ्चार्ज नेकपामा प्रवेश

मोरङ, २७ माघ । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको मोरङ जिल्ला इन्चार्ज उदय राई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । उनी सोमबार नेकपामा प्रवेश गरेका हुन् । सोमबार बिहान अध्यक्ष निवास खुमलटारमा उनलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका छन् । राईले विप्लव नेतृत्वको नेकपाको भ्रममा परेर रहेका...

बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त ढकालको घरमा बम विस्फोट गराउने चन्द समूहका ७ पक्राउ

काठमाडौं, २७ माघ । ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकालको बालाजुस्थित घरमा बम विस्फोट गराउने चन्द समूहका नेतासहित ७ जनालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थायी ठेगाना गोर्खा भएका कपिल भट्ट रहेको प्रहरीले जानकारी दिएको छ। भट्ट गण्डकी ब्यूरो...

त्यसपछि थालियो बालुवाटार जग्गाको छानबिन

उनी कालो झोलामा जग्गा हिनामिनाको कागजपत्र बोकेर ५/७ वर्षदेखि अख्तियार, प्रधानमन्त्री कार्यालय र विभिन्न मन्त्रालय धाइरहेका थिए ।  कागजपत्र हेरेपछि सबैले ‘जिब्रो टोक्दै’ भन्थे, ‘यस्तो कुरामा कहाँ हामीले हात हाल्न मिल्छ र  । काठमाडौं, २७ माघ । २०७५ जेठ दोस्रो साता एक व्यक्ति कालो झोलाभरि कागजात बोकेर सिंहदरबारस्थित गृहमन्त्री रामबहादुर...

अहिलेसम्म ५ सांसद निलम्बित, कसलाई के अभियोग ?

काठमाडौं, २६ माघ । हत्या, यौन दुर्व्यवहार, भ्रष्टाचार लगायत काण्डमा मुछिएपछि हालसम्म संघीय संसद्‍का ५ सांसद निलम्बित भएका छन् । पछिल्लो पटक कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदारलाई ललिता निवासको जग्गा अनियमितता आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेसँगै निलम्बित सांसदको संख्या ५ पुगेको हो । निलम्बनमा पर्नेमा...

हेटौंडामा गच्छदारको पक्षमा उर्लियो कांग्रेस, सडक अवरुद्ध

हेटौंडा, २६ माघ । बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाली कांग्रेसका भातृ संगठनले नेकपा सरकारको विरोध गर्दै प्रदर्शन र सडक अवरुद्ध गरेको छ । कांग्रेस मकवानपुरका भातृ संगठनहरुले हेटौंडास्थित पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोध र बदनियत पूर्ण ढंगले आफ्नो पार्टीका नेतालाई भ्रष्टाचारको मुद्दा...