जनताको शान्तिसुरक्षा र आर्थिक समृद्धिको योजना कार्यान्वय गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पौडेल

तु खबर संवाददाता
२०७६ फाल्गुन ७, बुधबार १३:४९

हेटौंडा, ७ फागुन । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जनताप्रति शान्तिसुरक्षाको प्रत्याभूति र आर्थिक समृद्धिको लागि योजना कार्यान्वयन गर्ने तर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

उहाँले ७० औं प्रजातन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारद्वारा आज हेटौंडामा आयोजित एक समारोहलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो ।

मुख्यमन्त्री पौडेलले सरकारले राम्रा काम गर्दागर्दै पनि एकोहोरो सरकारको आलोचना गर्ने मात्रै बानीलाई त्यागेर रचनात्मक सोच राख्नुपर्ने घारणा व्यक्त गर्नुभयो ।

उहाँले राजनीतिक दलको नेतृत्वले आ–आफ्नो दलको स्वार्थभन्दा माथि उठेर संविधान, प्रजातन्त्रणमा सुदृढिकरण र राष्ट्रियताको संरक्षणको लागि एकै ढिका भएर हिड्नुपर्ने अवस्था आएको छ, भन्नुभयो ।

सो अवसरमा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सरकारले आफ्नो क्षेत्रमा सुशासन ल्याउन र दिगो शान्तिसुरक्षा तथा विकासको पूर्वाधारलाई कार्यान्वय तर्फ जोड दिनुपर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री पौडेल, बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, मन्त्रीहरु, प्रदेशसभाका सदस्यहरु, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललगायत विभिन्न कार्यालय प्रमुख तथा सुरक्षाका उच्च अधिकृतहरुको सहभागीता रहेको थियो ।

प्रजातन्त्र दिवसको अवसरमा हेटौंडास्थित बुद्धचोकबाट बाजासहित निस्केको र्याली हेटौंडा बजारको परिक्रमा गरी बागमती प्रदेश सरकारको परिसरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*