राजनीति/ समाज

प्रधानमन्त्री केपी ओली ‘आउँछु’ भनेर यसवर्ष पनि ‘जनयुद्ध दिवस’मा गएनन्

हेटौंडा, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय घुम्बाराहीमा आयोजित ‘जनयुद्ध’ दिवसको कार्यक्रममा सहभागी भएका छैनन्। धुम्बाराहीमा ‘जनयुद्ध’ र जनआन्दोलनका सहिदहरूको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा प्रधानमन्त्री ओली आउने सूचना पार्टी कार्यालयबाट जारी भए पनि बिहीबार प्रधानमन्त्री उपस्थित भएनन्। केही दिनअघि...

गिरिजाले जनयुद्धका बेला सदरमुकाम हान्‍नुपर्‍यो भन्‍नुहुन्‍थ्योः प्रचण्ड

काठमाडौं, १ फागुन । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका बेला कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ठूला आक्रमण गर्न सुझाएको खुलासा गरेका छन् । तत्कालीन नेकपा (माओवादी)ले सञ्‍चालन गरेको जनयुद्ध दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्‍जलीसभामा दाहालले जनआन्दोलन र जनयुद्ध सँगै चलेको समयमा पूर्वप्रधानमन्‍त्री एवं कांग्रेस...

बागमती प्रदेशमा महिलालाई मन्त्री बनाउन माग

हेटौंडा, १ फागुन । बागमती प्रदेश सरकारमा एउटा पनि महिला मन्त्री नरहेको भन्दै सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र विवेकशील नेपाली दलले विरोध जनाएका छन् । संविधानमा ३३ प्रतिशत महिला सुनिश्चितता गरिए पनि प्रदेश मन्त्रिपरिषद्मा लागू नभएको भन्दै प्रदेश सांसदहरुले सरकारको आलोचन गरेका हुन् । सांसदहरुले बागमतीमा...

गाउँगाउँमा सिंहदरवार, संघीयताको खिल्ली उडाउँदै बागमती सरकार

संघीयता कार्यान्वयनमा प्रदेश तथा स्थानीय सरकारहरुको काम उदाहरणीय हुनैपर्छ । संघीयताको जग बसाउने, संविधानको असली कार्यान्वयन गर्ने र गाउँ गाउँमा पुर्याइएको सिंहदरवार मार्फत जनतालाई परिवर्तनको साँचो अनुभूति दिने युगीन दायित्व मतादेशबाट बनेका प्रदेश र स्थानीय सरकारकै काँधमा छ । तर, शासकीय रुपमा प्रदेश र स्थानीय सरकारहरु चौतर्फी आलोचित हुँदै...

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं, २९ माघ । बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराई विरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयलाई चुनौति दिँदै पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई विरुद्व पनि मुद्दा दायर गर्न माग गर्दै रिट...

अख्तियारले कारबाही गर्न नमिल्ने भन्दै आरोपित न्यायाधीशद्वारा सर्वोच्चमा रिट

काठमाडौं, २९ माघ । बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको तवन जिल्ला न्यायाधीश विनोदकुमार गौतमले आफूलाई कारबाही नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । न्यायाधीश गौतमका वारेश मञ्जिल खनालले दायर गरेको रिटमा गौतमले न्यायाधीश निलम्बन गर्ने अधिकार अख्तियारलाई नभएको भन्दै न्यायाधीशको...

प्रचण्डको फोनले रामेश्वर फुयालको सपथ रोकियो, मन्त्री बन्ने सपना अधुरै !

हेटौंडा, २९ माघ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका रामेश्वर फुयालको मन्त्री बन्ने सपना अधुरै भएको छ । आज फुयाललाई मन्त्रीको सपथ ग्रहण गराउने पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्री डोरमणि पौडेललाई फोन गरेपछि आज हुने भनिएको...

रामेश्वर फुँयाल मन्त्री हुँदै, आज ४ बजे सपथ

मकवानपुर, २९ माघ । बागमती प्रदेश नेकपा संसदीय दलका मुख्य सचेतक रामेश्वर फुँयाल भौतिक पूर्वाधार मन्त्री हुने भएका छन् । उनले आज ४ बजे मन्त्रीको रुपमा सपथग्रहण गर्नेछन् । बागमती प्रदेशमा सरकार विस्तार हुने चर्चा लामो समयदेखि चलिरहेको भएपनि अहिले आएर सरकार विस्तार हुन लागेको हो । आज फुँयालले...

‘प्रदेश सरकार दौडन खोजे पनि ब्रेक लागिरहन्छ’– मुख्यमन्त्री पौडेल

हेटौंडा, २८ माघ । बागमती प्रदेश सरकारले कामको गतिलाई दौडाउन खोजे पनि ब्रेक लागिरहेको भन्दै मुख्यमन्त्री डोरमणि पौडेलले चिन्ता व्यक्त गरेका छन् । मुख्यमन्त्री पौडेलले सरकारले सोचेअनुरुप काम गर्न नसकेको बताएका छन् । हेटौंडामा आयोजित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औं वार्षिकोत्सव कार्यक्रमलाई संबोधन गर्दै उनले सरकार दौडन खोजे...

ठाकुर ज्ञवाली प्रहरीको २७ औं महानिरीक्षक

काठमाडौं, २८ माघ ।मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी २७ औं महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई बढुवा गरेको छ । प्रदेश १ प्रहरी प्रमुख रहेका नायव महानिरीक्षक (डीआईजी) ज्ञवालीलाई मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले आईजीपीमा बनाएको हो । हालका आईजीपी सर्वेन्द्र खनालले मंगलबारबाटै ३० वर्षे सेवा अवधिका कारण...