मन्त्री बाँस्कोटा प्रकरणमा बोले प्रधानमन्त्री

तु खबर संवाददाता
२०७६ फाल्गुन ८, बिहीबार १५:४७
फाइल तस्बिर

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छता र पारदर्शिताको नाममा कसैको अनुहार नहेर्ने दोहोर्‍याएका छन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीद्वारा लिखित मुलुक आर्थिक समृद्धिको यात्रामा नामको पुस्तक विमोचन गर्दै ओलीले भन्नेमात्रै होइन, गरेरै देखाउने बताए ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको भ्रष्टाचार प्रकरण सार्वजनिक भएपछि पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएका प्रधानमन्त्रीले आफू शून्य सहनशील व्यक्ति भएको दोहोर्‍याए ।

मन्त्री बाँस्कोटाको सेक्युरिटी प्रेस खरिद प्रकरणमा लेनदेनसम्बन्धि अडियो सार्वजनिक भएको थियो । मन्त्री बाँस्कोटाले मन्त्रीबाट राजीनामा पनि दिइसकेका छन् ।

उनले आफलाई पद धराप पर्ने धम्कीसमेत दिएको भन्दै तर आफू त्यसबाट विचलित नहुने बताए । करिब ४५ मिनेटको भाषणपछि उनले भने, ‘यी सबै कुराहरु विमोचित पुस्तकमा लेखिएका छन् ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*