राजनीति/ समाज

सर्वोच्चको आदेशः नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुको कारण १५ दिनभित्र पेस गर्नु

काठमाडौं, २ फागुन । सर्वोच्च अदालतले ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा नचलाउनुको कारण १५ दिनभित्र पेस गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले अख्तियारलाई महान्यायधिवक्ताको कार्यालयमार्फत बाटोको म्यादबाहेक १५ दिनभित्र जवाफ पेस गर्न आदेश दिएको...

बालुवाटार जग्गा प्रकरणः नेपाल र भट्टराईविरुद्धको मुद्दा प्रधानन्यायधीशको इजलासमा

काठमाडौं, २ फागुन । बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध दायर रिटको शुक्रबार पेसी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्‍नै इजलाशमा पेसी तोकेका हुन् । सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध उत्प्रेषणको आदेश माग गर्दै परेको रिटमा प्रधानन्यायधीश राणाको इजलासमा सुनुवाइका...

सरकारका दुई बर्षः सरकार–पार्टी सम्बन्धमा उतारचढाव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा सरकार गठन भएको दुई वर्ष बितिसकेको छ। तर यस अवधिमा सरकार र पार्टीबीचको सम्बन्ध सुमधुर बन्न नसकेको अवस्था छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारको अर्का अध्यक्ष पुष्पकमल दाहालले खुलेर प्रशंसा गर्न सकेका छैनन्। सरकारमा सहभागी भएबाहेकका अन्य पार्टी नेताले...

मनहरीमा काँग्रेस परित्याग गरी नेकपामा प्रवेश

मनहरी, १ फागुन । नेपाली काँग्रेसमा सक्रिय युवाहरु पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा समाहित भएका छन् । मनहरी गाउँपालिका वडा नं ३ सिद्धकालीका युवाहरु २५ औँ जनयुद्ध दिवसको अबसरमा आयोजित कार्यक्रमका क्रममा नेकपा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा पूर्णबहादुर घलान, अनिल प्रजा, सन्जय प्रजा, सागर...

जनयुद्ध सम्झनाः मकवानपुरमा यसरी भयो एकैपटक १९ जनाको हत्या

हेटौंडा, १ फागुन । २२ माघ २०६० को त्यो रात । तत्कालिन शाही नेपाली सेनाले माओवादीहरु सेल्टर बनाएर भिमानमा बसेको सूचना पाएपछि पर्साको अमलेखगञ्जबाट भिमानतर्फ उकालो लाग्यो । बिरगञ्जमा माओवादीकै एक कार्यकतालाई पक्राउ गरेपछि मकवानपुरसहित पर्सा र बाराका माओवादी सेक्रेटरीलगायतका नेताहरु भिमानको स्थानीय हिरालाल बलको घरमा सेल्टर बनाएको सूचना...

यसरी मनाइयो मकवानपुरमा जनयुद्ध दिवस, १९ जना मारिएको ठाउँ पुगेर श्रद्धाञ्जली

हेटौंडा, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको आयोजनामा २५ औं जनयुद्ध दिवस मनाइएको छ । मकवानपुरगढीमा रहेको तत्कालिन माओवादीका कमाण्डर रुद्र पाख्रिन स्मृति पार्क, बकैयामा रहेको रुद्र शान्ति बाटिका र मनहरीको भिमादमा पुगेर जनयुद्ध दिवस मनाइएको हो । मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका–२ साविकको हाँडीखोला–४ पर्ने भिमानमा...

सरकारको काम नराम्रो देख्ने आँखा चाँही नराम्रा : मन्त्री बास्कोटा

काठमाडौं, १ फागुन । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारले एउटा पनि नराम्रो काम नगरेको बताएका छन् । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित कार्यक्रममा सरकारका २ वर्षका राम्रा कामबारे सोधिएको प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् । मन्त्री बास्कोटाले भने, ‘नराम्रा काम एउटा पनि गरेको छैन । जति...

सुशासन कायम गर्ने प्रभावकारी पाइला हो बालुवाटार प्रकरण– मन्त्री अर्याल

पोखरा, १ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बालुवाटार जग्गा प्रकरण सुशासनको पाइला भएको बताएकी छन् । मन्त्री अर्यालले आज सहकारी विभागले गण्डकी प्रदेशका स्थानीय तहका पदाधिकारीबीच सहकारी नियमन तथा प्रबर्द्धन विषयमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै सो कुरा बताएकी हुन् । ‘मुलुकमा सुशासन...

मुख्यमन्त्रीलाई अष्टलक्ष्मीको यस्तो चेतावनी, जस्ले बैठकमा तनाव गरायो

हेटौंडा, १ फागुन । बागमती प्रदेशको दोस्रो वार्षिकोत्वसको अघिल्लो दिन मंगलबार परामर्शका लागि राजधानी हेटौँडामा प्रदेश नेतृत्व र मन्त्रीहरूको संयुक्त बैठक बस्यो । बैठकमा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, सहइन्चार्ज हितबहादुर तामाङ, अध्यक्ष नारायण दाहाल, सचिव आनन्द पोखरेल, मुख्यमन्त्री पौडेल र मन्त्रीहरू सहभागी थिए । बैठक सुरु हुनासाथ मुख्यमन्त्री पौडेलले...

काँग्रेस र नेकपाको विकल्प राप्रपा हो : कमल थापा

काठमाडौं, १ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले काँग्रेस र नेकपाको विकल्प राप्रपा पार्टी भएको बताएका छन् । बिहीबार पार्टीको ‘बाग्मती प्रदेशस्तरीय निर्वाचन अभिमुखिकरण’ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् । उनले राप्रपालाई अगाडि बढाउन देशभरका कार्यकर्ताको प्रतिबद्धता र मेहनतको जरुरी भएको बताए...