राजनीति/ समाज

‘डोरमणिले प्रदेश सांसदलाई पीडा दिनुभयो, उहाँलाई हटाउनुपर्छ भन्दैछन्’

काठमाडौं, ६ फागुन । बागमती प्रदेशमा दुईतिहाई बहुमतको सरकार चलाइरहेको नेकपाभित्र अन्तरकलह देखा परेको छ । नेकपाका प्रदेश सांसदहरुको असन्तुष्टि मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तहसम्म पुगेको छ । कतिपय सांसदले मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर अभियान सञ्चालन गरेको चर्चा समेत चलिरहेका बेला नेकपा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले समेत मुख्यमन्त्री डोरमणि पौडेल पार्टीभित्र...

फुयाललाई मन्त्री बनाउँदा नेकपा बागमती प्रदेशभित्र ‘अन्तरकलह’

हेटौंडा, ६ फागुन । बागमती प्रदेशको नयाँ मन्त्री थपिएका छन् । लामो समयदेखि रिक्त रहेको प्रदेशको भौतिक योजना मन्त्रालयमा रामेश्वर फयाल नयाँ मन्त्री भएर आउनु भयो । नेकपा प्रदेश पार्टीभित्रको विवादकै बीचमा मुख्यमन्त्री डोरमणि पौडेलले फुयाललाई हालै मन्त्रीको सपथ गराउनु भएको छ । प्रदेशको राजधानी हेटौंडा बनाउन मुख्यमन्त्री पौडेललाई...

गाउँगाउँमा सिंहदरवारः यस कारण बागमती प्रदेश सरकारको विस्थापन नै समाधान

माघ २९ गते सांसद रामेश्वर फुयाल प्रदेश ३ वाग्मतीको मन्त्रीमा नियुक्त भएको खबर हावा सरी फैलियो । फागुन १ गते शपथ भन्ने पनि समाचार आयो । तर फागुन १ गते भौतिक योजना मन्त्रीका रुपमा उनको नियुक्तिले वैधानिकता नै पाएन, शपथ पनि भएन । फागुन ५ गते फुयाललाई प्रदेश पार्टीलाई...

हेटौँडा–काठमाडौँ सुरुङमार्गलाई पहिलो प्राथमिकतामा राखेर काम गर्छु : मन्त्री फुयाँल

मकवानपुर, ६ फागुन । बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले हेटौंडा–भीमफेदी–काठमाडौँ जोड्ने सुरुङमार्ग निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । उहाँले मुलुकको समृद्धिका लागि प्रधानमन्त्रीले देखाउनुभएको सपना र बागमती प्रदेशका मुख्यमन्त्रीले तयार पार्नुभएको योजना पूरा गर्न आफू लागिपर्ने बताउनुभएको हो । मन्त्री फुयाँलले प्रदेशका ११९...

गगन थापाको संसदमा व्यंग्यः ‘चोरीको सामान फर्काउँदा विष्णु विष्णु भन्नु’

काठमाडौं, ६ फागुन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता गगन थापाले बालुवाटार जग्गा प्रकरणबारे कडा व्यंग्य गर्नु भएको छ । थापाले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपा नेता विष्णु पौडेललाई लक्षित गर्दै व्यंग्य गर्नु भएको हो । उहाँले मंगलबार बसेको प्रतिनिधिसभाको बैठक स्वस्थानी वाचन शैलीमा व्यंग्य गर्नु भएको थियो...

एमसीसी नेपालको हितमा छ : कमल थापा

काठमाडौँ, ६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) आयोजना नेपालको हितमा रहेको बताउनुभएको छ । राप्रपा प्रदेश नं ५ ले मंगलबार बुटवलमा आयोजनाको गरेको पत्रकार भेटघाटमा अध्यक्ष थापाले सो कुरा बताउनुभएको हो । एमसीसी देशको हितमा रहेपनि नागरिकमा अनेक...

पूर्वसांसद भागवत ज्ञवालीको निधन

पाल्पा, ६ फागुन । पूर्वसांसद भागवत ज्ञवालीको निधन भएको छ । उहाँको ७६ वर्षको उमेरमा आज मंगलबार निधन भएको हो । उहाँको उपचारको क्रममा काठमाडौंमा निधन भएको हो । छाती, फोक्सो र पिसाबमा समस्या देखिएका उहाँको नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार भइरहेको थियो । २०४८ सालमा गुल्मी क्षेत्र...

मन्त्री फुयाँलद्वारा पदभार ग्रहण, संविधानको मर्म अनुसार अघि बढ्ने प्रतिबद्धता

मकवानपुर ५ फागुन । बागमती प्रदेशको नवनियुक्त भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले आज सपथ ग्रहण गर्नुभएको छ । मन्त्री फुयाँललाई प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले आज सोमबार प्रदेश प्रमुखको कार्यालय हेटौंडामा आयोजित समारोहमा पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो । उक्त मन्त्रालय बिगत १४ महिनादेखि रिक्त रहेको थियो ।...

पूर्वसभामुख महरा निर्दोष ठहर

मकवानपुर, ५ फागुन । पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले सफाइ दिएको छ । संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा खेप्दै आएका महरालाई अदालतले सोमबार सफाइ दिएको हो । उहाँलाई जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले निर्दोष ठहर हो । उहाँबारे अदालतमा आइतबार नै बहस सकिएको...

‘सरकारले राम्रो काम गरिरहेको छ तर मैले बाँसुरी बजाएको मात्रै समाचार आउँछ’–प्रधानमन्त्री

काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अघि सारेका विकास निर्माणको कामलाई सञ्चारमाध्यमले प्राथमिकता नदिएको गुनासो गरेका छन् । लामो समयदेखि सञ्चारमाध्यमको भूमिका र सञ्चारमाध्यममा आएका समाचारप्रति असन्तुष्टि जनाउँदै आएका प्रधानमन्त्री ओलीले सोमबार फेरि त्यसलाई दोहोर्‍याएका हुन् । काठमाडौं उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको...