राजनीति/ समाज
तु खबर वार्ता- राजनीतिक नेतृत्वले पत्रकारलाई आन्दोलनको सहयात्री ठान्नुपर्छ
धादिङबाट निर्वाचित शालिकराम जम्कट्टेलले अहिले बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालिरहनु भएको छ । नेकपा बागमती प्रदेश संसदीय दलका उपनेतासमेत रहनुभएका मन्त्री जम्कट्टेलले मन्त्रिपरिषद् बैठक, पार्टीको बैठकमा समेत फरक बिचार राख्नुहुन्छ । प्रदेशमै पहिलो पटक संचार रजिष्ट्रारको कार्यालय स्थापना गर्न विभागीय मन्त्रीको रुपमा भूमिका निर्वाह गर्नुभएका जम्कट्टेलले...
काँग्रेसको माग : ‘राजीनामा दिएर पुग्दैन, छानबिन हुनुपर्छ, प्रधानमन्त्रीले जवाफ दिनुपर्छ’
प्रमुख प्रतिपक्षी कांग्रेसले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गरेको मोलमोलाइको अडियो प्रकरणबारे स्पष्ट पार्न सरकार र प्रधानमन्त्रीसँग माग गरेको छ । बिहीबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्दै कमिसन मोलमोलाइ बाँस्कोटाको व्यक्तिगत प्रयास हो या सरकारको संस्थागत भन्ने प्रस्ट पार्न माग गरेका हुन् । ‘सञ्चारमन्त्रीले राजीनामा...
बाँस्कोटा पद गुमाउने नवौं मन्त्री
पदीय मर्यादाविपरीत काम गरेको अभियोगमा पद गुमाउने गोकुलप्रसाद बाँस्कोटा पहिलो मन्त्री होइनन्। २०६२–६३ को जनआन्दोलनपछि विभिन्न विवादमा परी पद गुमाउने मन्त्रीमा बाँस्कोटा नवौं हुन्। पछिल्लो प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछि आफ्नै अभिव्यक्तिका कारण पद गुमाउने उनी दोस्रा मन्त्री हुन्। २०७४ फागुनमा केपी शर्मा ओली दोस्रोपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेपछि...
ओलीको पहिलो कार्यकालमै एजेन्टको सेटिङमा सेक्युरिटी प्रेस खरिद कार्यक्रम
२६ वैशाख ०७३, राष्ट्रपतिका रूपमा पहिलोपटक विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसद्मा सार्वजनिक गरेकी थिइन् । कार्यक्रममा १३८ बुँदा थिए, जसको १०९औँ बुँदामा उल्लेख थियो– ‘सुरक्षण मुद्रणसम्बन्धी कानुनमा सुधार गरी सुरक्षण मुद्रण कार्यालय स्थापनाको प्रक्रिया सुरु गरिनेछ ।’ देशमा सुरक्षण मुद्रण (सेक्युरिटी प्रेस) स्थापना गर्ने सरकारको नीति तथा कार्यक्रम घोषणा...
हेटौंडामा सुरक्षा गोष्ठी, गृहमन्त्री बादल आउँदै
हेटौंडा, ८ फागुन । गृहमन्त्री रामबहादुर थापा (बादल) यही फागुन ११ गते हेटौंडा आउनुहुने भएको छ । उहाँ गृहमन्त्रालयको आयोजनामा हुने सुरक्षा गोष्ठीमा सहभागी हुन हेटौंडा आउन लाग्नु भएको हो । फागुन १० गतेदेखि हुने गोष्ठीमा बागमती प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, प्रहरी प्रमुखलगायतको सहभागीता रहने जनाइएको...
बास्कोटाले द्वीट गर्दै भने–नैतिकताको आधारमा मन्त्रीबाट राजीनामा दिएँ
काठमाडौँ, ८ फागुन । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफुले पदबाट राजीनामा दिएको बताउनुभएको छ । मन्त्री बास्कोटाले ट्वीट गर्दै आफुले नैतिकताको आधारमा पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । ‘मेरोबारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँछु...
को हुन् मन्त्री बाँस्कोटासँग करोडौं ‘घुस’ डिल गर्ने मिश्र ?
काठमाडौं, ८ फागुन । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा सेक्युरिटी प्रेसको कमिसन प्रकरणमा मुछिएका छन् । मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङमा स्वीस एजेन्ट बिजयप्रकाश मिश्रसँग बार्गेनिङ गरेको अडियो विभिन्न सञ्चार माध्यममार्फत सार्वजनिक भएको हो । गत पुस २१ गते बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकमा...
मन्त्री बाँस्कोटा प्रकरणमा बोले प्रधानमन्त्री
काठमाडौं, ८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छता र पारदर्शिताको नाममा कसैको अनुहार नहेर्ने दोहोर्याएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीद्वारा लिखित मुलुक आर्थिक समृद्धिको यात्रामा नामको पुस्तक विमोचन गर्दै ओलीले भन्नेमात्रै होइन, गरेरै देखाउने बताए । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री...
‘घुस मागेको’ अडियो बाहिरिएपछि सञ्चार मन्त्री बाँस्कोटाले दिए राजीनामा
काठमाडौं, ८ फागुन । संघीय सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । ७० करोड घुस मागेको विवादमा फसेपछि उनले राजीनामा दिएका हुन् । प्रतिनिधिसभाको संसद बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यसको जानकारी दिनु भएको छ । बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिशन मागेको अडियो...
मन्त्री बाँस्कोटाको राजीनामा बारे ओली–प्रचण्डबीच आकस्मिक छलफल
काठमाडौं, ८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको सेक्युरिटी प्रेस खरिद प्रकरणमा लेनदेनसम्बन्धि अडियो सार्वजनिक भएपछि यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आकस्मिक छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि अध्यक्षद्वयबीच मन्त्री बाँस्कोटाको राजिनामाबारे छलफल भएको नेकपा सचिवालय स्रोतले...








