राजनीति/ समाज

मन्त्री बाँस्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौं, ७ फागुन । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा सञ्चारमन्त्रीले बार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै कांग्रेसले सञ्चारमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गर्न सरकारसँग माग गरेको छ । बिहीबार कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री बास्कोटाको बर्खास्तीको माग गरेको हो । विज्ञप्तिमा कांग्रेसले भनेको छ ‘सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारीसंगै ठूलो रकमको...

यसलाई राजनीतिक रंग दिने होइन, मैले गल्ती गरेको भए म जाँउलाः मन्त्री बाँस्कोटा

आफुमाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छुः मन्त्री बाँस्कोटा हेटौंडा, ८ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदबारे सार्वजनिक भएको अडियो सम्बन्धमा काठमाडौं फर्किएपछि विस्तृत प्रतिकृया दिने बताएका छन् । बिहीबार नेकपा बेलडाँडीद्वारा बेलडाँडी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले काठमाडौं...

प्रधानमन्त्रीले डेढ महिना पहिले नै सुनेका थिए ७० करोड बार्गेनिङको अडियो

काठमाडौं, ७ फागुन । सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग सञ्चारमन्त्री गोकुल बाँस्कोटाबीच कथित रुपमा भएको कमिसनको ‘डिलिङ’को अडियो सार्वजनिक भएको छ । काभ्रेको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीसँग सुरुमा कुरा भएपनि उसलाई नदिएर जर्मन कम्पनीलाई ठेक्का दिन लागिएपछि स्वीस...

बागमती प्रदेशमा आयोजना घोषणा भयो, मापदण्ड बनेन

मकवानपुर, ८ फागुन । प्रदेश सरकारले १८ भन्दा बढी गौरवको आयोजना घोषणा गरे पनि त्यसका लागि आवश्यक मापदण्ड अझैसम्म तयार गर्न सकेकोछैन । विभिन्न समयमा प्रदेश गौरवको आयोजना तोक्न आवश्यक मापदण्ड तयार गर्ने बताए पनि अधिकांश आयोजना हचुवाका भरमा घोषणा हुने गरेका छन्। अघिल्लोवर्षमा प्रदेश गौरवको आयोजनाका लागि छुट्याइएको...

७० करोड कमिसनका लागि संचारमन्त्री बाँस्कोटाको यस्तो ‘सेटिङ’

सेक्युरिटी प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वीस कम्पनीको एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो नागरिकले फेला पारेको छ। मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेको नागरिकलाई प्राप्त अडियो संवादमा सुन्न सकिन्छ। स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री...

अप्ठेरोमा मुख्यमन्त्री पौडेल

मकवानपुर, ८ फागुन । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले माघ २८ मा रामेश्वर फुयाँललाई भौतिक पूर्वाधारमन्त्री नियुक्त गर्ने निर्णय गरे । उक्त निर्णय गर्दा नेकपा वाग्मती प्रदेश इन्चार्जसमेत रहेकी नेत्री अष्टलक्ष्मी शाक्य र पार्टीको प्रदेश कमिटीलाई जानकारी दिइएको थिएन । फुयाँललाई मन्त्री बनाउने निर्णयबारे सुनेपछि इन्चार्ज शाक्यलगायतले आपत्ति जनाए र पार्टी...

पूर्वराजालाई ओलीको जवाफः दरबार हत्याकाण्ड र माघ १९ भुलेका छैनौं

काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्यप्रति असन्तुष्टि जनाएका छन् । र, दरबार हत्याकाण्ड, माघ १९ जस्ता काला दिनहरु आफूहरुले अझै नभुलेको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्रले भविष्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाल्न...

प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, साम्यवादी व्यवस्था होइनः कमल थापा

हेटौंडा, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रको मौजुदा संविधान, गणतान्त्रिक प्रजातन्त्रलाई दिगो र सर्वमान्य तुल्याउन संघीय सरकारले कुनै पक्षलाई राजनीतिबाट निषेध गर्दा प्रजातन्त्रमा संकट आइपर्ने बताउनुभएको छ । ७० औं प्रजातन्त्र दिवसको अवसरमा राप्रपा मकवानपुरद्वारा आज हेटौंडामा आयोजित एक समारोहलाई अध्यक्ष थापाले सम्बोधन गर्नुहुँदै...

जनताको शान्तिसुरक्षा र आर्थिक समृद्धिको योजना कार्यान्वय गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पौडेल

हेटौंडा, ७ फागुन । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जनताप्रति शान्तिसुरक्षाको प्रत्याभूति र आर्थिक समृद्धिको लागि योजना कार्यान्वयन गर्ने तर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले ७० औं प्रजातन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारद्वारा आज हेटौंडामा आयोजित एक समारोहलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री...

फागुन १४ गते तोकिएको स्ववियू चुनाव स्थगित

काठमाडौं, ६ फागुन । त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते तोकेको क्याम्पसहरुको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको छ । सोमबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले स्ववियू चुनाव अर्को सूचना नहुँदासम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापाले...