नेपाली काँग्रेसद्वारा बन्दको घोषणा

तु खबर संवाददाता
२०७६ फाल्गुन १२, सोमबार १५:३६

चितवन, १२ फागुन । नेपाली काँग्रेसले यही फागुन १५ गते चितवन बन्दको घोषणा गरेको छ ।

चितवनकै माडी नगरपालिका–१ का वडाध्यक्ष एवम् काँग्रेसका स्थानीय नेता कृष्णप्रसाद पौडेलको आमरण अनशनप्रति ऐक्यवद्धता जनाउँदै काँग्रेस जिल्ला कार्यसमिति चितवनले जिल्ला बन्दको घोषणा गरेको हो ।

वडाध्यक्ष पौडेल बाँदरझुलादेखि अमेलियासम्मका सुकुम्बासीहरुको समस्या समाधान लगायत ७ सुत्रीय माग राख्दै फागुन ७ गतेदेखि आमरण अनशन बसिरहनुभएको छ ।

उनी अनशन बसेको ६ दिन हुँदासमेत माग पूरा गर्नका लागि राज्यले चासो नदिएको भन्दै काँग्रेसले चितवन बन्दसहितका दबाबमूलक कार्यक्रम घोषणा गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*