राजनीति/ समाज

काँग्रेस बकैया ५ को वडा सभापतिमा तिमल्सिना

मकवानपुर, ११ फागुन । नेपाली काँग्रेस बकैयाँ गाउँपालिका ५ नम्बर वडा सभापतिमा मिरा बञ्जरा तिमल्सिना चयन हुनुभएको छ । शनिबार भएको वडा भेलाले तिमल्सिनाको सभापतित्वमा १९ सदस्यीय वडा कार्यसमिति चयन गरिएको हो । समितिको उपसभापतिमा राजकुमार वाईबा, सचिवमा अमृत थिङ, सहसचिवमा कमान सिं माझी, सदस्यहरुमा क्रमशः सुर्यबहादुर घिसिङ, कृष्णबहादुर...

उपसभामुखको निर्वाचन अन्योलमा

सभामुखको गाँठो फुकाउन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएपछि रिक्त पदमा तत्काल निर्वाचन नहुने भएको छ । हाल कानुनमन्त्री रहेकी तुम्बाहाङ्फेले गत ६ माघमा पदबाट राजीनामा दिएकी थिइन् ।संविधानमा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्थाका कारण नेकपाले उनलाई राजीनामा गराएर आफ्नो दलबाट नै सभामुखमा अग्नि सापकोटालाई निर्वाचित...

बाँस्कोटामाथि छुट्टै छानबिन गर्नु नपर्ने भन्दै प्रधानमन्त्री ओलीले गरे बचाउ

बाँस्कोटामाथि छुट्टै छानबिन गर्नु नपर्ने भन्दै प्रधानमन्त्री ओलीले गरे बचाउनेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल वास्कोटमाथि छुट्टै छानबिन गर्नु नपर्ने भन्दै बचाउ गर्नुभएको छ। एक सचिवालय सदस्यले भने– ‘पार्टीलाई बदनाम हुने गरी सार्वजनिक भएको अडियो काण्डबारे बाँस्कोटाले...

प्रधानमन्त्रीको ‘भिजन टु एक्सन’ विमोचन, के छ पुस्तकमा ?

काठमाडौं, १० फागुन । प्रधानमन्त्री केपी ओलीको पुस्तक ‘भिजन टू एक्सन’ विमोचन भएको छ। आज बालुवाटारमा आयोजित कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीले संयुक्त रूपमा पुस्तक विमोचन गर्नु भएको छ । पुस्तकका समृद्ध नेपाल निर्माणको भिजन र त्यसका लागि गरिएको प्रयास उल्लेख गरिएको बताइएको छ। प्रधानमन्त्री केपी...

हेटौंडामा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी

हेटौंडा, १० फागुन । गृहमन्त्रालय काठमाडौंको आयोजनामा आज शनिवारदेखि हेटौंडामा बागमती प्रदेशस्तरीय दुई दिने सुरक्षा गोष्ठी सुरु भएको छ । हेटौंडा–२ स्थित एभोकाडो होटलमा बिहानदेखि गोष्ठी सुरु भएको हो । सुरक्षा गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाको शान्तिसुरक्षाको अवस्था, नागरिकता, पासपोर्ट वितरण, अपराध नियन्त्रणको लागि विभिन्न योजना र उपाय, चीन...

एमसीसी बारे नेकपा कार्यदलले बुझायो प्रतिवेदन, संशोधनपछि मात्रै पास गर्न सुझाव

काठमाडौं, ९ फागुन । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे अध्ययन गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बनाएको कार्यदलले पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी...

मकवानपुरगढीको विकास गर्न लागिपरेको छुः सांसद खतिवडा

हेटौंडा, ९ फागुन । मकवानपुरका प्रतिनिधिसभा सांसद विरोध खतिवडाले मकवानपुरगढीको विकासको लागि आफू लागि परेको बताउनु भएको छ । मकवानपुरगढी–५ सुन्दरधाममा आज शुक्रबारदेखि सुरु श्रीमद् तारतमसागर तथा श्रीमद् भागवत ज्ञान महायज्ञको उद्घाटन गर्नु हुँदै सांसद खतिवडाले मकवानपुरगढीको विकासमा थुप्रै बजेट बिनियोजित गरेको बताउनु भएको छ । मकवानपुरगढीलाई विकासमा पछाडि...

ठेकेदारलाई समयमै निर्माण सक्न मुख्यमन्त्री पौडेलको निर्देशन

नुवाकोट, ९ फागुन । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नुवाकोट पुगेर ठेकेदारहरुलाई समयमै गुणस्तरीय काम गर्दै काम सक्न निर्देशन दिनु भएको छ । नुवाकोट पुगेर सडक निर्माणको लागि शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले निर्माणमा ठेकेदारहरुले लापरबाही गर्ने गरेको भन्दै सच्चिन चेतावनी दिनु भएको छ । उहाँले ठेकेदारहरुले निर्माण कार्यलाई अलपत्र...

गाँजाबाट किसानले लाखौं कमाउन सक्छन्ः सांसद विरोध खतिवडा

काठमाडौं, ९ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही सांसदहरुले गाँजामाथि लागेको प्रतिबन्ध फुकुवा गर्नुपर्ने र नियन्त्रणमा खेती गर्न पाउनु पर्ने भन्दै संसदमा प्रस्ताव दर्ता गरेपछि यो विषय अहिले चर्चामा छ। प्रस्ताव दर्ता गराउने सांसद विरोध खतिवडाले नियन्त्रित रुपमा खेती गर्न दिने हो भने किसानले लाखौं...

यसरी सुरु भएको थियो बाँस्कोटा डुबाउने सेक्युरिटी प्रेस काण्ड

काठमाडौं, ९ फागुन । नेपालमा सुरक्षण मुद्रण छापाखाना (सेक्युरिटी प्रेस) छैन । नोट, अन्तःशुल्क स्टिकर, पासपोर्ट, राष्ट्रिय परिचयपत्र, रिचार्ज कार्ड, बैंकको चेकलगायतका सामग्री छाप्ने मेसिनलाई सुरक्षण मुद्रण छापाखाना भनिन्छ। यस्तो छापाखाना भएको कम्पनी हालसम्म उद्योग विभागमा दर्ता भएको छैन। नेपालमा केही स्तरीय छापाखानाले रिचार्ज कार्ड र बैंकको चेक भने...