राजनीति/ समाज

बागमती प्रदेश सरकारले संविधान उल्लंघन गरेको भन्दै आलोचना

हेटौंडा, १३ फागुन । बागमती प्रदेश सरकारले संविधान उल्लंघन गरेको आरोप लागेको छ । बागमती प्रदेशसभा बैठकमा बोल्दै सत्तापक्षकै महिला सांसदहरुले बागमती प्रदेश सरकारले संविधान उल्लंघन गरेको आरोप लगाउनु भएको छ । बागमती प्रदेशको मन्त्रिपरिषद्मा महिला सहभागिता सुनश्चितता गर्नुपर्ने जिम्मेवारीबाट प्रदेश सरकारले पन्छिन खोजेको भन्दै सत्तापक्षकै महिला सांसदहरूले सरकारको...

डेढ महिनादेखि दबाबमा ओली

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र डेढ महिनादेखि दबाबमा परेका छन्। पुस २३ गते पार्टीका उपाध्यक्ष बामदेव गौतमको घरमा शीर्ष नेताहरुको बैठक बसेदेखि नै उनी पार्टीभित्रै दबाबमा परेका हुन्। त्यही दबाबका कारण उनले पार्टीको सचिवालय बैठकमा आफू अनुकूल निर्णय गराउन सकेका छैनन्। पार्टीभित्र...

बाँस्कोटा प्रकरणः सञ्चार मन्त्रालयबाट साँझ ५ बजे फाइल चोर्ने को थिए ?

काठमाडौं १२ फागुन । करिब २७ अर्ब रुपैयाँको सेक्युरिटी प्रिन्टर खरिदका लागि ५५ करोड रुपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गत बिहीबार राजीनामा दिए। स्वीस कम्पनीका एजेण्ट भनिने विजय प्रकाश मिश्रले नेपाली कांग्रेसनिकट एक पत्रकारमार्फत सेक्युरिटी प्रिन्टर खरिदका क्रममा आउने ७४ करोड...

परिवार दलद्वारा नेकपा अध्यक्ष प्रचण्डको ध्यानाकर्षण

काठमाडौं १२ फागुन । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले दुई दलबीच भएको सहमतिलाई लिएर सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको ध्यानाकर्षण गराउनु भएको छ । नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डसहितका नेताहरुसँग भेट गरी ढकालले समसामायिक राजनैतिक बिषयमाध्यानाकर्षण गराउनुभएको हो । ढकालले नेकपाको एकताअघि तत्कालिन नेकपा...

जसरी मलाई त्यो भूमरीमा पठाइयो, त्यो लडाई मैले जितेँः महरा

काठमाडौं, १२ फागुन । पूर्व प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महराले आफू तीन महिना जति भूमरीमा परेको बताउनु भएको छ । उहाँले त्यो भूमरीमा षड्यन्त्र पूवर्क पठाइएको बताउनु भएको छ । संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयासको मुद्दामा जिल्ला अदालतबाट सफाइ पाएपछि पहिलो पटक आज सोमबार महरा निर्वाचन क्षेत्र दाङमा पुग्नु भएको...

हेटौंडामा सांसदको गर्जनः ‘प्रधानमन्त्रीले राष्ट्रियतामाथि प्रहार गर्नुभयो, जनतासामू क्षमायाचना माग्नुपर्छ’

हेटौंडा, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियतामाथि प्रहार गर्न खोजेको भन्दै बागमती प्रदेशसभा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले आलोचना गर्नु भएको छ । आफ्नो ६९ औं जन्मोत्सव मनाउने क्रममा प्रधानमन्त्रीले नेपालको नक्शा अंकित ‘बर्थडे केक’ काट्ेर राष्ट्रियतामाथि प्रहार गरेको धारणा प्रतिपक्ष सांसदहरुले राख्नु भएको हो ।...

नेपाली काँग्रेसद्वारा बन्दको घोषणा

चितवन, १२ फागुन । नेपाली काँग्रेसले यही फागुन १५ गते चितवन बन्दको घोषणा गरेको छ । चितवनकै माडी नगरपालिका–१ का वडाध्यक्ष एवम् काँग्रेसका स्थानीय नेता कृष्णप्रसाद पौडेलको आमरण अनशनप्रति ऐक्यवद्धता जनाउँदै काँग्रेस जिल्ला कार्यसमिति चितवनले जिल्ला बन्दको घोषणा गरेको हो । वडाध्यक्ष पौडेल बाँदरझुलादेखि अमेलियासम्मका सुकुम्बासीहरुको समस्या समाधान लगायत...

७० करोड घुस काण्डमा मुछिएका बाँस्कोटाको सम्पत्ति कति छ ?

काठमाडौं, १२ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनका लागि गरेको बार्गेनिङको अडियो सार्वजनिकपछि मुलुक तातेको छ । सोही प्रकरणले बाँस्कोटालाई पूर्वमन्त्रीको हैसियतमा पुर्याइसकेको छ । अडियो सार्वजनिक भएको १२ घण्टा नबित्दै विहीबार बाँस्कोटाले पदबाट राजीनामा दिनु भएको थियो...

एमसीसी कार्यान्वयनमा सत्तारुढ दलले अनावश्यक किचलो गर्यो–कमल थापा

सुर्खेत, १२ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनमा सत्तारूढ दलले अनावश्यक किचलो गरेको बताउनुभएको छ । सोमबार पार्टीको निर्वाचन अभिमुखीकरण भेलाका लागि सुर्खेतमा पत्रकारहरुसँग भएको भेटघाट कार्यक्रममा उहाँले सत्तारूढ दलका नेताहरूबीचको आपसी झगडाका कारण एमसीसीमा अनावश्यक भ्रम र आशङ्का सिर्जना...

नेकपामा कार्यदल गठन विवाद

सत्तारुढ दल नेकपाले संविधान संशोधनको गृहकार्य गर्न कार्यदल बनाएको छ। उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजान उनको चाहनाअनुसारै पार्टीले संविधान संशोधनको प्रयास थालेको हो। गौतमले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्था भए मात्र आफू मनोनीत हुन तयार रहने अडान राखेका छन्। पार्टी सचिवालयको शनिबार बसेको बैठकले वरिष्ठ नेता...