राजनीति/ समाज
राजीनामा दिएको २४ घण्टा नबित्दै खवितडा अर्थमन्त्रीमा पुनः नियुक्त
काठमाडौं, २१ फागुन । डा. युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त हुनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार खतिवडालाई अर्थमन्त्रीमा नियुक्त गर्नु भएको हो । खतिवडाले आजै अपरान्ह ४ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथग्रहण गर्ने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । राष्ट्रियसभाको आफ्नो कार्यकाल...
हेटौंडामा तरुण दल र नेवि संघको राँके जुलुस (फोटोफिचर)
मकवानपुर २० फागुन । बागमती प्रदेशको राजधानी हेटौंडामा प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नेवि संघ र तरुण दल मकवानपुरले राँके जुलुश गरेको छ । जुलुशमा सरकारको तीब्र आलोचना गर्दै अराजक नारा समेत लगाइएको छ । सरकारले पेट्रोल र पुस्तकमा जनताको ढाड सेक्ने गरी कर अशुली गरेको र भ्रष्टाचारमा मन्त्रीनै...
हेटौंडामा ओलीविरुद्ध अराजक नारा- (हेर्नुहोस् भिडियो)
मकवानपुर २० फागुन । उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध हेटौंडामा नेवि संघ र तरुण दलले लज्जास्पद नारा जुलुश गरेको छ । तरुण दल र नेवि संघले दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न अस्पताल भर्ना भएका केपी ओलीविरुद्ध ‘आर्यघाटले के भन्छ केपी ओली ले भन्छ ’ भन्दै नारा जुलुश गरेको...
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण ‘वैध’ कि ‘अवैध’ ?
काठमाडौं, २० फागुन । मिर्गौला प्रत्यारोपणका लागि आवश्यक पर्ने नाता प्रमाणित प्रमाणपत्रमा उल्लेख भएअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिन तयार समीक्षा संग्रौला (ज्ञवाली) उनको भाञ्जी हुन्। तर खुुलेको सम्बन्ध अनुसार साख्खे नभई प्रधानमन्त्री ओलीका काकाको छोराकी भाञ्जी हुन् समीक्षा। समीक्षाकी आमा मुना संग्रौला प्रधानमन्त्री ओलीकी आफ्नै बहिनी नभएर...
अस्पतालबाट आयो यस्तो विज्ञप्ति, प्रधानमन्त्री ओली निगरानीमा
काठमाडौं, २० फागुन । दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था राम्रो भएको अस्पतालले जनाएको छ। मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले ओलीको स्वास्थ्य राम्रो भएको बताएको हो। ओली अहिले अस्पतालमा विशेषज्ञको निरन्तर निगरानीमा हुनुहुन्छ । अस्पतालका...
अर्थमन्त्री खतिवडाले दिए पदबाट राजीनामा
काठमाडौं, २० फागुन । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिनुभएको छ । अर्थमन्त्री खतिवडाले मंगलबार पदबाट राजीनामा दिनुभएको हो । उहाँको राष्ट्रियसभा सदस्यको कार्यकाल आज मध्यरातमा सकिँदैछ । त्यसअघि नै उहाँले पदबाट राजीनामा दिनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्रीमा नियुक्त...
‘मुख्यमन्त्री पौडेल अल्पमतमा पर्नुभयो, अब विश्वासको मत लिनुपर्छ’
हेटौंडा, २० फागुन । साझा विवेकशील पार्टीका बागमती प्रदेश सांसद रमेश पौड्यालले मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने बताउनु भएको छ । आज मंगलबार भएको बागमती प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै सांसद पौड्यालले मुख्यमन्त्री पौडेल अल्पमतमा पर्नु भएको बुझिएकोले विश्वासको मत लिनुपर्ने धारणा राख्नु भएको हो । उहाँले...
हेटौंडामा मनाइयो कृष्णप्रसाद भट्टराईको स्मृति दिवस
हेटौंडा, २० फागुन । नेपाली काँग्रेस मकवानपुरले पूर्व प्रधानमन्त्री, नेपाली कांग्रेसका संस्थापक एवम् सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । काँग्रेस मकवापुरले भट्टराईको नवौं स्मृति दिवसको अवसरमा काँग्रेसको हेटौंडास्थित पार्टी कार्यालयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । सन्त नेता भट्टराईको २०६७ साल फागुन...
बागमती प्रदेशसभामा पनि गाँजा खेतीलाई नियमन गर्ने विधेयक दर्ता
हेटौंडा, २० फागुन । बागमीती प्रदेशको प्रदेशसभामा गाँजा खेतीलाई नियमन गर्ने विधेयक दर्ता भएको छ । गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक सोमबार दर्ता भएको हो । बागमती प्रदेशसाभामा सत्तारुढ दल नेकपाका सांसद केशव स्थापितले गैरसरकारी विधेयकको रुपमा गाँजा खेतीलाई नियमन गर्ने विधेयक दर्ता गर्नु भएको हो...
गाँजाको प्रतिबन्ध खुलाउन विधेयक संसदमा दर्ता, विधेयकमा के छ ?
काठमाडौं, २० फागुन । गाँजा खेती खुलाउने विधेयक संघीय संसद्मा दर्ता भएको छ। सत्तारुढ नेकपाका सांसद शेरबहादुर तामाङले सोमबार प्रतिनिधिसभामा ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता गर्नुृ भएको छ । यो विधेयक गैरसरकारी कोटाबाट दर्ता भएको हो। औषधि तयार पार्न, वैज्ञानिक अनुसन्धान तथा यस्तै अन्य व्यवसायिक...










