राजनीति/ समाज
नेकपाले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने
काठमाडौं, १४ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्ने भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो । आगामी फागुन २० पछि राष्ट्रपतिबाट मनोनित सदस्य युवराज खतिवडाको कार्यकाल सकिँदैछ...
नयाँ दल खोल्दै पूर्व डीआईजी रमेश खरेल, अरु को–को छन् ?
काठमाडौं, १४ फागुन । नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेलले नयाँ दल खोल्ने तयारी गर्नु भएको छ । पार्टी स्थापनाको उद्देश्यले उहाँले ‘हाम्रो नेपाल हामी नेपाली’ अभियान आफ्नै संयोजकत्वमा स्थापना गर्नु भएको छ । अभियानको औपचारिक घोषणा भने बिहीबार एक कार्यक्रमबीच गरिने खरेलले बताउनु भयो । खरेलले भ्रष्टाचारविरोधी अभियान, सुशासन,...
राष्ट्रपति आउने भएपछि नगरपालिकाले दियो सार्वजनिक विदा !
बैतडी, १४ फागुन । बैतडीको पाटन नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। जिल्लामा राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमणमा आउने भएपछि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नगरकार्यपालिकाको बुधबारको बैठकले राष्ट्रपतिको भ्रमणमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगर प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए। उनले राष्ट्रपति भण्डारीको...
हेटौंडामा निर्वाचित महिला जनप्रतिनिधिको भेला हुँदै
हेटौंडा, १४ फागुन । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिल्लामा निर्वाचित महिला जनप्रतिनिधिहरुको भेला आयोजना गर्ने भएको छ । जिससले ११० औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर फागुन १९ गते जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुको भेला आयोजना गर्न लागेको हो । मंगलबार जिल्ला समन्वय समिति मकवानपुरका...
नेपाल ट्रस्टको श्वेतपत्रः दरबारमार्गको जग्गामा प्रचण्ड र ताहाचलको जग्गा देउवाको पाला लिजमा
गोकर्णको जग्गा थप २५ वर्षलाई दिने मन्त्रिपरिषद्को निर्णयको बचाउ गर्दै नेपाल ट्रस्टले श्वेतपत्र जारी गरेको छ । विगतमा पनि यतीले जग्गा लिजमा पाएको भन्दै यसपालि पाउनु पनि अनौठो नभएको ट्रस्टको दाबी छ । गोकर्णमा रिसोर्ट चलाइरहेको सिंगापुरको कम्पनी एलएम सुभिर ब्रदर्सको सेयर ०७१ मा यती समूहले किनेको थियो । सेयर किनेको कम्पनीलाई...
नेकपामा गौतमको तागत
पार्टी विधान संशोधन गरेर उपाध्यक्ष। त्यसअघि नै संगठन विभाग प्रमुख । राष्ट्रियसभामार्फत प्रधानमन्त्रीको हकदार बनाउन देशकै संविधान संशोधनको गृहकार्य । आखिर वामदेव गौतमको ‘तागत’ के हो, जसले चाहेको कुरा पुर्याइदिन शीर्ष नेताहरूलाई कर लाग्छ ? उनको खास ‘तागत’ हो– पार्टीभित्र आआफ्ना शक्तिशाली गुट चलाउँदै आएका अध्यक्षद्वय केपी ओली, पुष्पकमल...
हेटौंडामा विभिन्न पार्टी परित्याग गरि ४९ जना समाजवादी पार्टीमा प्रवेश
हेटौंडा, १३ फागुन । मकवानपुरको हेटौँडामा विभिन्न पार्टी परित्याग गरि ४९ जना समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । समाजवादी पार्टी वडा कमिटी हेटौंडा–१५ को आयोजनामा मंगलबार भएको पार्टी प्रवेश तथा टोल कमिटी गठन कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ४९ जनाले पार्टी प्रवेश गर्नुभएको हो । समाजवादी पार्टी हेटौँडा–१५ का...
गगन थापाले मागे प्रधानमन्त्रीको राजीनामा
काठमाडौँ, १३ फागुन । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्नुभएको छ । मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्री बन्ने संख्या संसदमा भएपनि शासन गर्ने वैधानिक योग्यता र क्षमता गुमेकाले राजीनामाको माग गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘संख्या तपाइँसँग होला तर शासन गर्ने...
हेटौंडाको सुरक्षा गोष्ठी लगत्तै गृहमा किन बोलाइयो आकस्मिक बैठक ? सतर्क रहन मन्त्रीको निर्देशन
हेटौंडा, १३ फागुन । गृहमन्त्रालयले बागमती प्रदेशको मुकाम हेटौंडामा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठी लगत्तै गृहमन्त्रालय काठमाडौंमा आकस्मिक बैठक बोलाएको छ । फागुन १० र ११ गते हेटौंडामा सुरक्षा गोष्ठी गरिएको थियो । गोष्ठीमा गृहमन्त्री रामबहादुर थापा बादलले बागमती प्रदेशभित्रको सुरक्षा रणनीतिका बारेमा विशेष निर्देशन दिनु भएको थियो ।...
काँग्रेस नेता रिजालको प्रश्न–‘प्रधानमन्त्रीज्यू तपाईंलाई जन्मघरले चिन्यो ?’
हेटौंडा, १३ फागुन । नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा जन्मदिन मनाउन तेह्रथुम पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई जन्मघरले चिन्यो त ? भन्दै प्रश्न गर्नुभएको छ । नेता रिजालले प्रधानमन्त्रीज्यु तपाईंको जन्मघरले यो मेरै घरको केटो खड्गप्रसाद हो भनेर चिन्न त चिन्यो ? भन्दै प्रश्न गर्नुभएको...










