बागमती प्रदेशसभामा पनि गाँजा खेतीलाई नियमन गर्ने विधेयक दर्ता
हेटौंडा, २० फागुन । बागमीती प्रदेशको प्रदेशसभामा गाँजा खेतीलाई नियमन गर्ने विधेयक दर्ता भएको छ । गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक सोमबार दर्ता भएको हो ।
बागमती प्रदेशसाभामा सत्तारुढ दल नेकपाका सांसद केशव स्थापितले गैरसरकारी विधेयकको रुपमा गाँजा खेतीलाई नियमन गर्ने विधेयक दर्ता गर्नु भएको हो । प्रदेशसभा सचिवालयमा ५३ नम्बरमा गाँजा खेतीलाई नियमन गर्ने विधेयक दर्ता भर्एको छ।
प्रतिनिधिसभामा सत्तारुढ नेकपाका सांसद शेरबहादुर तामाङले पनि सोमबार प्रतिनिधिसभामा ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता गर्नु भएको थियो ।
स्थापितले औषधिको रुपमा प्रयोग गर्न सकिने गाजालाई आम्दानीको स्रोत बनाउने बाटो खुल्ला गर्न विधेयक दर्ता गरेको जानकारी दिनु भयो ।
‘गाजालाई औषधिको रुपमा नै प्रयोग गर्न सकने प्रमाणित गरिसक्यो। हाम्रो देशमा अझै प्रतिवन्धित अवस्थामा छ,’ स्थापितले भन्नु भयो, ‘अब यसलाई आम्दानीको स्रोतका रुपमा प्रयोग गर्नुपर्छ। त्यसका लागि हाम्रो प्रयास हो।’
