राजनीति/ समाज

प्रधानमन्त्रीलाई नेता नेपालको चेतावनीयुक्त सुझाब

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गरेपछि मात्रै अर्थमन्त्री युवराज खतिवडाको विषयमा टुंगोमा पुग्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई सुझाएका छन् । पार्टी निर्णयअनुसार गौतमलाई मनोनीत नगरिए दुर्घटना निम्तिने नेता नेपालको चेतावनीयुक्त सुझाब छ । बुधबार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय...

महासचिव मैनालीको थाइको हाड भाँच्चियो, यस्तो भन्छ अस्पताल

काठमाडौं, १५ फागुन । नेकपा (माले)का महासचिव एवं पूर्व उपप्रधानमन्त्री सीपी मैनालीको कार दुर्घटनामा थाइको हाड (फेमुर बोन) भाँच्चिनुको साथै हाल स्वास्थ्य स्थिती स्थिर रहेको छ । उनको शरीरको सिटी स्क्यान भइरहेको अस्पतालले जनाएको छ । झापाबाट काठमाडौं आउने क्रममा महोत्तरीको बर्दिवासमा गाडी दुर्घटना भएपछि मैनालीलाई दिउँसो ४ बजेर...

नाकाबन्दी हुँदा नबोल्ने नेपाली कांग्रेसले केकमा राष्ट्रवादी बनेर तमासा देखायो

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्मोत्सवलाई विवादमा ल्याउन खोजिएको आरोप लगाउनु भएको छ । उहाँले आफ्नो जन्मदिनमा आफू जन्मिएको घर तेह्रथुम जाँदा त्यहाँका जनता घरमा पानी आएको र बिजुली बलेको खुसीमा नाचेको बताउनु भयो । उहाँले आफ्‍नो जन्मदिनमा स्थानीयलाई नाच्न लगाएको भन्ने झूटो प्रचार गरिएको...

महासचिव सीपी मैनाली चढेको कार दुर्घटना

काठमाडौं, १५ फागुन । नेकपा मालेका महासचिव सीपी मैनाली चढेको सवारी दुर्घटनामा परेको छ । दुर्घटनामा उहाँ घाइते हुनु भएको छ । महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा मैनाली सवार बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानसँग ठोक्किएको थियो । उहाँको...

अष्टलक्ष्मी शाक्यको प्रश्नः नेपालको नक्शा केक बनाएर चिरा पार्ने संस्कार कहाँबाट आयो ?

काठमाडौं, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टीकी बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यले जन्मदिनमा केक नकाट्न नेकपा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेकपाको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले केक काट्ने संस्कृति नेपालीको नभएको बताउनुभयो । प्रधानमन्त्रीसमेत रहनुभएको पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित कार्यक्रममा उहाँले प्रश्न गर्नुभयो, ‘नेपालको नक्साको केक...

देश छाड्ने कल्पना पनि नगरेको सुजाता कोइरालाको भनाई

काठमाडौं, १५ फागुन । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले नेपाल छाड्न लागेको समाचारले केहि दिनयता नेपाली राजनीति वृत्तमा निकै हल्लीखल्ली मच्चायो । नेपाली राजनीतिमा आफ्नो छुट्टै पहिचान र स्थान बनाइसकेकी नेत्री कोइराला एकाएक विदेशिने खबर आउँदा चर्चा र बहस सिर्जना हुनु कुनै स्वभाविक कुरा हो । तर, सुजाता कोइरालाका...

बागमती प्रदेश कर्मचारी अभावले अगाडि बढ्न सकेनः मुख्यमन्त्री

हेटौंडा, १५ फागुन । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले कर्मचारी अभावको कारण प्रदेश सरकारले काम गर्न नसकेको बताउनु भएको छ । उहाँले कर्मचारीको अभावले प्रदेश अगाडि बढ्न नसकेको बताउनु भयो । उहाँले प्रदेशले काम गर्न नसक्नु र बजेट खर्च गर्न नसक्नुको कारण नै कर्मचारीको अभावले रहेको बताउनु भयो ।...

‘वामदेव निर्णय माइन्यूट’ पछि बालुवाटारमा बबन्डर !

सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन सिफारिस गर्ने निर्णय गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद छताछुल्ल भएको छ। बुधबार बिहान बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभामा मनोनित गर्ने सर्वसम्मत निर्णय गर्‍यो। ‘सचिवालय बैठकले पार्टीको केन्द्रीय उपाध्यक्ष कमरेड वामदेव गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने सदस्य...

ओली नेतृत्वको सरकारबाट जनता निराश भएका छन् : कमल थापा

जनकपुर, १४ फागुन । राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले वर्तमान ओली नेतृत्वको सरकारबाट जनता निराश भएको बताउनुभएको छ । बुधबार जनकपुरमा आयोजित निर्वाचनसम्बन्धी कार्यकर्ताहरुको प्रदेश स्तरिय भेलामा अध्यक्ष थापाले ओली नेतृत्वको सरकारले जनताको कुनैपनि अपेक्षालाई पुरा नगरेकाले जनता निराश भएको बताउनुभएको हो । उहाँले मुलुकमा भ्रष्टचार,...

नेपाल छाड्ने सुजाता कोइरालाको यस्तो तयारी !

काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला नेपाल छाडेर विदेश जाने तयारीमा लागेको समाचार छ । आफ्नो पिता गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् सुजाताले आफ्नो अधिकांश सम्पत्ति बिक्री गरिसकेकी छिन् भने बाँकी सम्पत्ति आफ्ना छोराछोरीलाई अंशको रुपमा उपलब्ध गराई दिएकी छिन् । अहिले सुजाताले नेपाल छाड्ने...