मेरो काम लगानीकर्तालाई लगानी गर्ने अवसरसम्म पुर्‍याइदिने हो, बाँकी लगानीकर्ताको जिम्मा- अर्थमन्त्री खतिवडा

तु खबर संवाददाता
२०७६ फाल्गुन २२, बिहीबार १७:०१

काठमाडौँ, २२ फागुन । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सेयर बजारको उतारचढावलाई व्यक्ति विशेषसँग जोडेर हेर्न नमिल्ने बताउनुभएको छ ।

मन्त्रिपरिषद्का निर्णयहरु सुनाउन आयोजित पत्रकार सम्मेनलमा बोल्दै मन्त्री खतिवडाले आफ्‍नो काम लगानीकर्तालाई लगानी गर्ने अवसरसम्म पुर्‍याइदिने र बाँकी लगानीकर्ताहरुको जिम्मा भएको बताउनुभयो ।

कम्पनीको विविध पक्षलाई हेरेर मात्र लगानीकर्ताले लगानी गर्दा निर्णय गर्नुपर्ने उहाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कम्पनीको क्षमता र स्वास्थ्य हुने बजारको सेन्टिमेन्ट हो। हामीकसैसँग जोडेर हेर्न मिल्दैन। बजारको सेन्टिमेन्ट बजारकै हो। हामी कसैलाई हेरेर सम्भव हुँदैन।’

मन्त्री खतिवडाले पछिल्लो दुई वर्षमा सेयर बजारमा धेरै नै सुधार भएको बताउनुभयो । अहिलेको जतिको सुधार यसअघि कहिल्यै नभएको मन्त्री खतिवडाले दाबी गर्नुभयो । उहाँले नीतिगत रुपमा भएका समस्या समाधान गर्न सकिने बताउनुभयो । मन्त्री खतिवडाले सेक्युरिटी प्रेस खरिद प्रतिस्पर्धात्मक विधिबाट हुने दोहोर्‍याउनुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री खतिवडाले कोभिड–१९को नियन्त्रण र रोकथामका लागि सरकार गम्भीर भएको बताउनुभयो । उहाँले मुलुकभित्र कसैमा कोरोनाको संक्रमण नदेखिएको बताउनुभयो ।

उहाँले बाहिरबाट हुनसक्‍ने संक्रमणबाट सबै सतर्क हुनुपर्ने बताउनुभयो । उहाँले विदेशी मुलुकबाट आउने नागरिकहरुको स्वास्थ्य परीक्षण गरेर उच्च सतर्कता अपनाइएको पनि पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

यस्तै मन्त्री खतिवडाले भ्रमण वर्षको पर्यटन प्रवर्द्धन र प्रचारप्रसार रोकिएको पनि बताउनुभयो । कान्तिपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*