हिदम लामाले ‘माइकल’ र न्यौपानेलाई यस्तो प्रश्न गरेपछि…
हेटौंडा, २१ फागुन । मकवानपुरको भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले मंगलबार साँझ हेटौंडामा नेपाली कांग्रेस मकवानपुरका भातृ संगठनहरुले गरेको गतिविधिलाई लक्षित गर्दै प्रश्न गर्नु भएको छ ।
नेपाली कांग्रेस मकवानपुरका पूर्वसभापतिहरु रामचन्द्र अर्याल ‘माइकल’ र रघुरमण न्यौपानेको नाम उल्लेख गरेर मंगलबार साँझ लामाले फेसबुकमार्फत प्रश्न गर्नु भएको हो । ‘मकवानपुर कांग्रेसका पूर्वसभापति आदरणीय रामचन्द्र अर्याल माइकल दाई अनि रघुरमण न्यौपाने दाई आज बजारमा नारा लगाउनेहरु देख्दा तपाईहरुलाई पनि चिक्त बुझेन होला है ?’ भन्दै लामाले प्रश्न गर्नु भएको छ ।
मंगलबार साँझ हेटौंडामा उपचाररत् प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कांग्रेस निकट नेवि संघ र तरुण दलले लज्जास्पद नारा लगाउँदै राँके जुलुश गरेको थियो । कांग्रेस कार्यकर्ताहरुले मृगौला प्रत्यारोपण गर्न अस्पताल भर्ना हुनु भएका ओलीविरुद्ध ‘आर्यघाटले के भन्छ, केपी ओली ले भन्छ ’ भन्दै अमर्यादित नारा लगाउनु भएको थियो ।

लामाको फेसबुक पोष्टमा नेकपा निकट कार्यकर्ता, कांग्रेस निकट र स्वतन्त्र व्यक्तिहरुले आफ्नो धारणा राख्नु भएको छ । कांग्रेस कार्यकर्ताले गरेको यस्तो नारा जुलुशप्रति अधिकांशले नकारात्मक टिप्पणी गर्नु भएको छ । कांग्रेस कार्यकर्ताहरुले विवेक गुमाएको भन्दै कतिपयले गालीसमेत दिनु भएको छ ।
लामाको पोष्टमा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा दोङले ‘राम्रो मान्छे देख्न नसक्ने अनि राम्रो काम गरेको देख्न नसक्ने पार्टी हो यो ! भन्दै धारणा राख्नु भएको छ ।
कबिता बडालले ‘अरु केही होइन, पतन को समय आको हो विनाश कालमा विपरित वुद्धि, केपी बा लाई राम्रो होस’ र राज बानियाँले ‘राजनीतिक सस्कार हराए पछि के लाग्छ र’ भन्दै लामाको पोष्टमा आफ्नो धारणा राख्नु भएको छ ।
यसैगरी विष्णु कप्रौलाले ‘मैले त राँको बालेर कोरोना भाइरस भगाको हो कि भन्ठानेको होइन पो रच’ भन्नु भएको छ । ‘जे हिजोका प्रतिपक्षी ले सिकाए हेटौंडा बजारमा ठेउके हरुले (तोडफोड आगजनी हिंसा बाहेक) सबै हुबहु गरेछन् नराम्रा कुरा नक्कल नगरेको भए अहिले औंला ठड्याउने र नक्कल गर्ने दुबै ले कछाडले मुख छोपेर लाज ढाक्ने दिन आउँदैन थियो कि ! धतुरो रोपेर अंगुरको अपेक्षा ? भन्दै धर्मराज बानियाँले प्रम स्वास्थ्य लाभको शुभकामना शुभेच्छा भन्नु भएको छ ।

हिदम लामाको फेसबुक पोष्टमा गरिएको कमेन्ट ।
यो पनि पढ्नुहोस् ।
- हेटौंडामा ओलीविरुद्ध अराजक नारा- ‘आर्यघाटले के भन्छ, केपी ओली ले भन्छ ’ (हेर्नुहोस् भिडियो)
- हेटौंडामा तरुण दल र नेवि संघको राँके जुलुस (फोटोफिचर)
