हेटौंडामा ओलीविरुद्ध अराजक नारा- ‘आर्यघाटले के भन्छ, केपी ओली ले भन्छ ’ (हेर्नुहोस् भिडियो)

तु खबर संवाददाता
२०७६ फाल्गुन २०,मंगलवार २०:१०
Featured Video Play Icon

मकवानपुर २० फागुन । उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध हेटौंडामा नेवि संघ र तरुण दलले लज्जास्पद नारा जुलुश गरेको छ ।

तरुण दल र नेवि संघले दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न अस्पताल भर्ना भएका केपी ओलीविरुद्ध ‘आर्यघाटले के भन्छ केपी ओली ले भन्छ ’ भन्दै नारा जुलुश गरेको हो ।

केपी सरकारले जनताको ढाड सेक्ने गरी कर अशुलेको, तीब्र भ्रष्टाचारमा मन्त्रीनै संलग्न भएको, पेट्रोल र पुस्तकमा अतिरिक्त कर बढाएको भन्दै नेवि संघ र तरुण दलले सरकारको चर्को विरोध गरेको हो ।

सरकारका बिरुद्ध आज बागमती प्रदेशको राजधानी हेटौंडामा राँके जुलुस निकाल्दै नेपाली काँग्रेस समर्थक यी दुबै संगठनले सरकारको विरोध गर्ने क्रममा प्रधानमन्त्री ओली विरुद्ध अराजक नाराबाजी गरेको हो ।

तु खबरलाई प्रतिक्रिया दिँदै नेवि संघका जिल्ला अध्यक्ष राजु खतिवडाले भन्नुभयो ‘ केपी सरकारले जनताको हित हुने काम गर्न सकेन, उहाँ बोझ हुनुभएको छ,उहाँले सरकार छोड्नु पर्छ ।

तपाइहरुले आज साँझ निकालेको राँके जुलुसमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आर्यघाटले ले भन्छ भन्ने नारा लगाउनु भएको हो भन्ने प्रश्नमा खतिवडाले त्यस्तो नारा लागेको स्वीकार गरे ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*