पौडेल पक्षले काँग्रेस प्रशिक्षण भेला बहिस्कार गर्ने
काठमाडौं, २१ फागुन । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नेपाली काँग्रेसले राखेको जिल्ला उपसभापति प्रशिक्षण भेला बहिस्कार गर्ने भएको छ ।
बुधबार काँग्रेस नेता तथा पूर्वमहामन्त्री प्रकाशमानसिंह निवास चाक्सीबारीमा भएको भेलाले प्रशिक्षण बहिस्कार गर्ने निर्णय गरेको हो ।
पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जिल्ला उपसभापतिहरूका लागि प्रशिक्षण कार्यक्रम राखिएको थियो । वरिष्ठ नेता पौडेलले पनि महाधिवेशन भाँड्न सभापतिले डाकेको प्रशिक्षणमा नजान निर्देशन दिनुभएको छ ।
