हेटौंडामा तरुण दल र नेवि संघको राँके जुलुस (फोटोफिचर)
मकवानपुर २० फागुन । बागमती प्रदेशको राजधानी हेटौंडामा प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा नेवि संघ र तरुण दल मकवानपुरले राँके जुलुश गरेको छ ।
जुलुशमा सरकारको तीब्र आलोचना गर्दै अराजक नारा समेत लगाइएको छ ।
सरकारले पेट्रोल र पुस्तकमा जनताको ढाड सेक्ने गरी कर अशुली गरेको र भ्रष्टाचारमा मन्त्रीनै संलग्न भएको भन्दै कांग्रेस निकट दुबै संगठनले चर्को विरोध गरेका हुन् ।





