अस्पताल भर्ना हुनुअघि ओलीको यस्तो ऐतिहासिक निर्णय आउँदै

तु खबर संवाददाता
२०७६ फाल्गुन १९, सोमबार ११:३९
फाइल तस्बिर

काडमाडौं, १९ फागुन । दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि आज (सोमबार) त्रिवि शिक्षण अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीका लागि ऐतिहासिक निर्णय गर्नुहुने भएको छ ।

उहाँले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसुरहेको राष्ट्रिय योजना आयोगको १५औं पूर्ण बैठकको अध्यक्षता गर्नु भएको छ ।
प्रधानमन्त्री ओली आयोगका अध्यक्ष हुनुहुन्छ। यसमा राष्ट्रिय योजना आयोगको टिम, अर्थमन्त्री, मुख्य सचिव, अर्थ सचिवलगायत ८ सदस्य रहनुहुन्छ ।

यो बैठकले समृद्धि र सुखका विषयमा ऐतिहासिक निर्णय गर्ने राष्ट्रिय योजना आयोगका प्रवक्ता मीनबहादुर शाहीको दाबी छ।

‘यो बैठकले नेपाललाई अल्पविकसित राष्ट्रबाट मध्यम आयस्तर भएको मुलुकमा परिणत गर्न महत्वपूर्ण निर्णय गर्दैछ,’ प्रवक्ता शाहीले सोमबार बिहान भन्नु भयो, ‘यो नीतिगत रूपमा ठूलै छलाङ हो।’

उहाँका अनुसार यो १५औं बैठकले समृद्धिका चार र सुखका ६ परिभाषा गर्दै त्यो प्राप्तिका लागि नीतिगत निर्णय गर्नेछ। दिगो आर्थिक विकासमा जोड दिँदै यो बैठकले योजना पास गर्ने उहाँको भनाइ छ।

नेपालको आर्थिक विकास र समृद्धिका लागि यो अहिलेसम्मकै ठूलो र परिवर्तनकारी नीतिगत निर्णय हुने उहाँको दाबी छ।

विस्तृत विवरण भने बैठकको निर्णयपछि सार्वजनिक गरिने राष्ट्रिय योजना आयोगले जनाएको छ।

बैठक सकेर प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल जाने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। नेपालखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*