मुख्यमन्त्री पौडेलले प्रधानमन्त्रीको ‘जन्मदिन’मा दिनुभयो यस्तो शुभकामना

तु खबर संवाददाता
२०७६ फाल्गुन ११, आईतवार ११:०५

हेटौंडा, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औं जन्मदिनको अबसरमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शुभकामना दिनु भएको छ ।

आफ्नो फेसबुक पेजमार्फत ओलीको तस्बिर राखेर जन्मदिनको शुभकामना दिनु भएको छ । प्रधानमन्त्री ओली आजदेखि ६९ औं बर्षमा प्रवेश गर्नु भएको छ । जन्मदिनलाई विशेष बनाउन प्रधानमन्त्री ओली आफू जन्मेकै स्थान तेह्रथुमको इवा जाँदै हुनुहुन्छ ।

मुख्यमन्त्रीले यसरी दिनुभयो जन्मदिनको शुभकामना

निडर, निश्चल, अडिक अनि जस्तोसुकै परिस्थितिमा पनि अविचलित रहने सम्माननीय प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका आदरणीय अध्यक्ष केपी शर्मा ओली ज्यूलाई जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर सक्रियताको हार्दिक शुभकामना ।

तपाईंको उच्च मनोवल, दुरदर्शिता, विकासका अवधारणा तथा हरेक प्रतिकुलताहरुलाई समेत चिरेर सकारात्मक परिणाम निकाल्न सक्ने अद्वितीय क्षमता हाम्रा लागि प्रेरणाका स्रोत हुन ।

चुनौतिको रुपमा रहेको प्रतिकुल स्वास्थ्य अवस्थालाई गहिरो आत्मविश्वासले पराजित गर्न सफल आदरणीय अध्यक्ष ज्युले आन्तरिक तथा बाह्य प्रहार, षढयन्त्र आदिको सामना गर्दै त्यसलाई उर्जाको रुपमा परिणत गरेर राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणको आधार तयार पार्न खेल्नुभएको भूमिकाको प्रशंसा जतिनै गरे पनि कम हुन्छ ।

समृद्ध नेपाल र सुखी नेपाली बनाउने राष्ट्रिय संकल्पलाई पुरा गर्न यहाँको नेतृत्वमा तीनवटै तहका सरकार, जनताप्रति उत्तरदायी रहँदै जनताको सेवामा समर्पित भइ समन्वयका साथ अघि बढि इतिहास रच्ने आधार बनाउन प्रतिबद्ध छन् । फेरी पनि सम्माननीय प्रधानमन्त्री ज्यूलाई धेरै धेरै शुभकामना ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*