एमसीसी नेपालको हितमा छ : कमल थापा

तु खबर संवाददाता
२०७६ फाल्गुन ६, मंगलवार १४:०५
file-photo

काठमाडौँ, ६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) आयोजना नेपालको हितमा रहेको बताउनुभएको छ ।

राप्रपा प्रदेश नं ५ ले मंगलबार बुटवलमा आयोजनाको गरेको पत्रकार भेटघाटमा अध्यक्ष थापाले सो कुरा बताउनुभएको हो ।

एमसीसी देशको हितमा रहेपनि नागरिकमा अनेक आशङ्का पैदा भएकाले सरकारले आधिकारिक धारणा बाहिर ल्याउनुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘सम्झौताप्रति भ्रम उत्पन्न भएको छ, त्यो चिर्ने काम सरकारले गर्नुपर्छ ।’

अध्यक्ष थापाले नागरिकको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेपनि पाँच वर्षसम्म कायमै रहने बताउँदै ‘जनतालाई स्थिर सरकार चाहिएको छ ।’

अध्यक्ष थापाले पार्टीलाई हिन्दू राज्य र राजसंस्थासँग मात्रै जोडेर नहेर्न आग्रह गर्नुभयो । उहाँले राष्ट्रिय एकता, शान्ति र स्थायित्वका लागि साझा संस्थाको रुपमा राजसंस्था आवश्यक रहेको निष्कर्ष पार्टीको रहेको जनाउँदै राजसंस्थालाई राजनीतिक विवादमा तान्न नहुने धारणा व्यक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*